विद्यार्थीसँग ऐंचो पैंचो

विद्यार्थीसँग ऐंचो पैंचो

निर्मात्री कृषा चौलागार्इंको डेब्यु निर्देशनमा निर्मित फिल्म ऐंचौ पैंचोको टिमले बुधबार राजधानीको टेक्सास इन्टरनेसनल कलेजले आयोजना गरेको ओरेन्टेसन कार्यक्रममा त्यहाँका विद्यार्थीका साथ अन्तक्र्रिया गरेको छ।

फिल्मका अभिनेता सुशील सिटौला, राजाराम पौडेल, अभिनेत्री सारदा गिरी (काली बुढी) लगायतले विद्यार्थीका साथ अन्तक्र्रिया गरेका हुन्। ओरेन्टेसन कार्यक्रममा तीन कलाकारले आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउने फिल्मका विभिन्न पक्षमा जानकारी गराएका थिए। उनीहरुले हाल चर्चामा रहेको फिल्मको गीत काले केटालेमा नृत्यसमेत प्रस्तुत गरेका थिए।

केपी फिल्म्स्को ब्यानरमा प्रितम लामिछाने र आध्या लामिछानेद्वारा निर्मित फिल्ममा सुशील सिटौला, स्वस्तिमा खड्का, मुकून भुसाल, वर्षा राउत, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायतका कलाकारले अभिनय गरेका छन्। फिल्मको एक गीतमा एलेक्स विक पारस विशेष भूमिका देखिएका छन्।

अभिमन्यु निरवीको कथा, कविराज गहतराजको कोरियोग्राफी, सुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भीएफएक्स, मुकेश शाहको साउन्ड डिजाइन, पुरुषोत्तम प्रधानको छायांकन तथा विपिन मल्ल र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *