विद्यार्थी राजनीतिबाटै उदाएका गगन किन उत्रिए विद्यार्थी राजनीतिको विरोधमा ?

विद्यार्थी राजनीतिबाटै उदाएका गगन किन उत्रिए विद्यार्थी राजनीतिको विरोधमा ?

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा छोटो समयमै पार्टीको माथिल्लो पदमा पुग्न एक मात्र युवा नेता हुन् । त्रिचन्द्र क्याम्पसबाट २०५५ सालमा स्ववियू सभापति बनेका थापा विद्यार्थी राजनीतिबाटै पार्टी राजनीतिमा उदाएका हुन् । विद्यार्थी राजनीतिबाट स्थापित भई पार्टीको १४ औं महाधिवेशनबाट महामन्त्री बनेका थापा अहिले भने राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्नै नपाउने कानूनको खोजीमा छन् ।

नेपालमा पछिल्लो ६२÷६३ को आन्दोलन होस् वा जुन सुकै आन्दोलन, हरेक आन्दोलन उठाउने भनेकै विद्यार्थीहरुले हो । जयतु संस्कृतम्देखि हरेक आन्दोलन विद्यार्थीहरुले नै उत्कर्षमा पु¥याए । विद्यार्थी आन्दोलनको अग्रपंक्तिमा हुन्थे, कांग्रेस युवा नेता गगन थापा । विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदाएका थापा कांग्रेसमा छोटो समयमै पदाधिकारीमा पुग्ने पहिलो युवा नेता हुन् भन्दा फरक पर्दैन । गगन मात्र होइन, नेपाली राष्ट्रिय राजनीतिमा शक्तिमा रहेका अधिकांश राजनीतिक दलका नेताहरु विद्यार्थी राजनीतिबाटै उदाएका हुन् । थापा मात्र होइन, राष्ट्रपति रामचन्द्र पौडेलदेखि कांग्रेस सभापति शेरबहादुर देउवा पनि विद्यार्थी राजनीतिबाटै राष्ट्रिय राजनीतिमा आएका हुन् । देशको आमुल परिवर्तनदेखि शैक्षिक सुधारका लागि कांग्रेस महामन्त्री थापाले विद्यार्थी मञ्चबाटै चर्का भाषण गर्थे ।

कांग्रेस महामन्त्री थापा मात्र होइन, एमालेका उपाध्यक्ष सुभाष नेम्वाङ, महासचिव शंकर पोखरेल, माओवादी नेता हितमान शाक्य, हिमाल शर्मा, एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा, सचिव रामकुमारी झाँक्री लगायत दर्जनौं नेताहरु पनि विद्यार्थी राजनीतिबाटै उदाएका हुन् । विद्यार्थी राजनीतिबाटै अधिकांश नेताहरु निकै चर्चामा थिए । त्यतिबेला पनि कलेजमा राजनीतिक गर्न नहुने कुरा यदाकदा उठ्थे । तर यिनै गगन थापाहरु त्यसको चर्को विरोध र आलोचना गर्थे । तर कांग्रेस महामन्त्रीमा निर्वाचित भएको डेढ वर्ष नपुग्दै थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिनै नपाउने कानूनको खोजीमा छन् । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सोमवार एक सय वर्षको जन्मजयन्ती मनाउँदै गर्दा थापाले विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्ने बताएका छन् ।

थापाले विद्यार्थी हक हितका लागि तथा शैक्षिक सुधारका मुद्दा उठाउन पनि स्ववियूको आवश्यकता औंल्याउने गरेको धेरै भएको छैन । तीन महिनाअघि देशैभरका क्याम्पसहरुमा स्ववियू चुनाव हुँदै गर्दा थापाले स्ववियु चुनाव जिताउने रणनीति बनाउन विद्यार्थीहरुबीच पुगेका थिए । तर उनी अहिले विद्यार्थीले राजनीति गरेकै कारण विश्वविद्यालय माथि उठ्नै नसक्ने निश्कर्षमा पुगेका छन् । दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारी कसैलाई पनि विश्वविद्यालयले चिन्दैन भन्ने कुरा स्थापित गनुपर्ने थापाको भनाई छ । राजनीतिले होइन, अराजनीतिले गर्दा नै विश्वविद्यालयको थिति विग्रिएको चाहिँ पक्का हो । त्यसैले विग्रिदै गएको राजनीतिलाई फेरि पनि ट्रयाकमा ल्याउन विश्वविद्यालयका वौद्धिक जगत जाग्न जरुरी छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *