विन्ध्यवासिनीमा विद्यार्थी सम्मान

विन्ध्यवासिनीमा विद्यार्थी सम्मान

पोखरा । विन्ध्यवासिनी मावि, पोखरा–१६, बाटुलेचौरबाट राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याएर उच्च शिक्षा अध्ययनका लागि विभिन्न कलेजमा भर्ना हुन सफल विद्यार्थीलाई सम्मान गरिएको छ ।

विज्ञान तथा व्यवस्थापन विषयमा उत्कृष्ट नतिजा ल्याई विभिन्न कलेजले लिएको प्रवेश परीक्षामा उत्कृष्ट हुन सफल विद्यार्थीलाई विद्यालयले प्रोत्सहान स्वरुप नगद तथा प्रमाणपत्रले सम्मान गरिएको हो ।

सम्मानित हुनेमा विपना बिसी (पोखरा विश्वविद्यालय इन्जिनियरिङमा पूर्ण छात्रवृत्ति), विशाखा दर्नाल (बिएस्सी नर्सिङमा पूर्ण छात्रवृत्ति), प्रार्थना बस्नेत (बिएस्सी नर्सिङतर्फ पूर्ण छात्रवृत्ति), निशान पौडेल (अप्टोमेट्रितर्फ पूर्ण छात्रवृत्ति), सिर्जना केसी (बिएस्सी एजीतर्फ पूर्ण छात्रवृत्ति) छन् । यस्तै, बिएस्सी नर्सिङतर्फ निकिता केसी, भावना गर्बुजा पुन, इन्जिनियरिङतर्फ नरेशकुमार शाह, प्रवीण पौडेल, प्रनिश पौडेल, सुमिन जिसी, एलिश अधिकारी, आकृति बस्नेत प्रतीकजंग पौडेल क्षेत्री र बिएस्सी एजीतर्फ नाम निकाल्ने विपना आचार्य, निरा गुरौ, बिबिएतर्फ आकृति भट्टराई र स्वस्तिका पौडेलले नाम निकाल्न सफल भएका छन् । पूर्ण छात्रवृत्ति पाउन सफल विद्यार्थीलाई विद्यालयले नगदसमेत प्रदान गरेको हो ।

वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका पदेनसदस्य अमृत तिमिल्सिनाले सफल विद्यार्थीलाई बधाई दिँदै छोटो समयमा विद्यालयले गरेको सफलताप्रति खुसी व्यक्त गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य गुरुदत्त भट्टराई, शिक्षक अभिभावक संघ अध्यक्ष भीमप्रसाद पौडेल, प्रअ कृष्णप्रसाद आचार्य, सहप्रअद्वय रामबहादुर बानिया, भेषराज पौडेल, पूर्व प्रअ खिमलाल अधिकारी, प्लस टु संयोजक माधव अधिकारी, विज्ञान संयोजक सुशील देवकोटा, एकेडेमिक डिन सुमन बस्नेत लगायतले विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

कार्यक्रमको सञ्चालन सूचना अधिकारी तथा सहप्रअ रामबहादुर बानियाले गरेका थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *