पोखरा । विन्ध्यवासिनी माध्यमिक विद्यालय, पोखरा १६ मा कक्षागत रुपमा विभिन्न कार्यक्रम भए । विद्यालयको वार्षिक शैक्षिक क्यालेन्डरअनुरुप कक्षा १ देखि ३ सम्म अंग्रेजी वादविवाद, कक्षा ४ र ५ मा म्युजिकल चेयर, कक्षा ६ देखि ८ सम्मका विद्यार्थीबीच नेपाली हिज्जे प्रतियोगिता भएको ग्रेड शिक्षण सहायक इन्चार्ज गोविन्द शर्मा पौडेले बताए ।
कार्यक्रम उद्घाटन गर्दै विद्यालय प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि अतिरिक्त क्रियाकलाप महत्वपूर्ण रहेको बताए ।
विद्यार्थी सुप्रिया पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा अंग्रेजी विभागका प्रमुख खिमलाल अधिकारी, ग्रेड शिक्षण इन्चार्ज इन्दु भट्टराई, सहायक इन्चार्ज गोविन्द शर्मा पौडेल लगायतले विषयगत क्रियाकलापले विद्यार्थीमा अध्ययनमा प्रति रुची बढ्ने बताए ।
सपना रेग्मीले सञ्चालन गरेको कार्यक्रममा शिक्षिका सविता अधिकारी, अनिता कोइराला र शारदा बरालले प्रतिस्पर्धी विद्यार्थीको मूल्यांकन गरेका थिए ।