विपिनको भष्मे डन रुप

विपिनको भष्मे डन रुप

सामाजिक कथामा आधारित फिल्म पशुपति प्रसाद २ : भष्मे डनको टिजर सार्वजनिक भएको छ। फिल्मका मुख्य अभिनेता विपिन कार्कीको जन्मदिनको अवसर पारेर सार्वजनिक टिजरमा अभिनेता कार्कीको चरित्र मात्रै प्रस्तुत गरिएको छ।

बक्स अफिसमा सफल सावित फिल्म पशुपति प्रसादको सिक्वेलका रुपमा निर्माणाधीन फिल्म पशुपति प्रसादको मृत्युपश्चात् पशुपति क्षेत्रमा आप्mनो अस्तित्व स्थापित गर्न संघर्षरत भष्मे डनको जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि शुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो। दीपेन्द्र के खनालको निर्देशनमा निर्मित पशुपति प्रसाद २ : भष्मे डनमा विपिनका साथमा स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिश्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाललगायतले पनि अभिनय गरेका छन्। फिल्मको एक गीतमा अभिनेता निश्चल खड्का र अभिनेत्री आँचल शर्मा देखिनेछन्।

टुकी आर्टस्को ब्यानरमा खगेन्द्र लामिछानेद्वारा निर्मित फिल्म उनी स्वयंले लेखेका हुन्। कृष्ण भारद्वाज र सुभाष भुसालको संगीत, निरज कँडेलको डीओपी, कृष्ण थापाको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको फिल्म आगामी बडा दशैंको फूलपातीबाट रिलिजमा ल्याउने निर्माण संस्थाले जनाएको छ। यो फिल्म व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल फिल्म पशुपति प्रसादको हिट क्यारेक्टर भष्मे डनमा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो। लेखक लामिछानेले फिल्म नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण हुने बताए। फिल्म नेपालमा डीसीएन, टिफक्स र रिच इन्टरटेनमेन्ट, भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्नेछन्।

<

p style=”text-align: justify”>

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *