विपिनलाई दोहोरो भूमिकामा लिएर तेल भिषा बनाउँदै शंकर

विपिनलाई दोहोरो भूमिकामा लिएर तेल भिषा बनाउँदै शंकर

निर्माता निर्देशक शंकर घिमिरे चार वर्षको अन्तरालपछि पुनः फिल्म निर्माण र निर्देशनमा फर्किएका छन्।

उनको निर्माण र निर्देशनमा तेल भिषा नामक फिल्म निर्माण हुने भएको छ। नायिका पत्नी ऋचा घिमिरे र सन्तानका साथ अमेरिकामा रहँदै आएका घिमिरेले अभिनेता विपिन कार्कीलाई मुख्य भूमिकामा लिएर तेल भिषा निर्माण गर्ने भएका छन्। यसका लागि घिमिरेले हालै मात्र महँगो पारिश्रमिकका साथ अभिनेता कार्कीलाई अनुबन्धित गरेका हुन्। घिमिरेका अनुसार फिल्ममा विपिन दोहोरी भूमिकामा हुनेछन्। ञलामो सयमपछि फिल्म निर्माण र निर्देशनमा फर्किएको छु। यो फिल्म सामाजिक हास्य जनरामा बन्नेछ। अहिलेको नेपाली फिल्मको आन्तरिक र बाह्य बजारलाई हेरेर यसको कथा तयार पारिएको छु फिल्म निर्माणकै लागि छोटो बिदा मिलाएर नेपाल आएको निर्माता निर्देशक घिमिरेले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै भने अमेरिका गएका छोराछोरीले सुत्केरी स्याहार्न बाबुआमालाई अमेरिका बोलाउने कथामा बन्ने फिल्मको सुटिङ आगामी माघ महिनादेखि हुनेछ।

हाल विपिनलाई मात्र अनुबन्धन गरिएको फिल्मको अभिनेत्रीका साथमा अन्य कलाकार र प्राविधिक भने तय गर्न बाँकी रहेको उनले बताए। घिमिरेका अनुसार फिल्मको ३० प्रतिशत सुटिङ नेपालमा हुनेछ भने ७० प्रतिशत सुटिङ अमेरिकाका विभिन्न राज्यमा गरिनेछ। घिमिरले यसअघि विरताको चिनो, ब्रेकफेल, विष, तुलसीजस्ता फिल्म निर्देशन गरेका थिए। उनको पछिल्लो फिल्म तुलसी २०७६ सालमा रिलिज भएको थियो।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *