विराटनगरमा ‘मेक इन नेपाल’ अभिमुखीकरण कार्यक्रम सम्पन्न

विराटनगरमा ‘मेक इन नेपाल’ अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्च (सीएनआई वाइएफ) को आयोजनामा एक दिने स्वेदशी अभियान ‘मेक इन नेपाल’ अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मञ्चको कोशी शाखाले शुक्रवार विराटनगरमा उक्त अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

अभिमुखिकरण कार्यक्रममा ‘मेक इन नेपाल’ अभियानका अगुवाकर्ता हितेश गोल्छाले स्वदेशी अभियानबारे सहभागीहरुलाई जानकारी गराए । उनले स्वदेशमै बनेका वस्तुलाई प्रवद्र्धन गर्नका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताए ।

स्वदेशी उत्पान सामानमा ‘मेक ईन नेपाल’ अन्तर्गतको “स्वदेशी” चिन्ह अंकित लोगो समेत हुने उनले बताए । परिसंघका केन्द्रीय उपाध्यक्ष तथा कोशी शाखाका अध्यक्ष भिम घिमिरेले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने सवालमा सबै उद्योगी, व्यापारी तथा विभिन्न संघ संस्था एकजुट हुनुपर्नेमा जोड दिए ।

उनले सबै एकजुट भएको खण्डमा स्वदेशी सामानलाई उत्पादन र प्रवद्र्धन गर्न समस्या नहुने बताए । यस्तै, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले ‘मेक ईन नेपाल’ जस्तै उद्योग संगठनले ‘मेरो देश मेरै उत्पादन’ भन्ने अभियान चलाइरहेको जानकारी गराए ।

युवा उद्यमी मञ्च कोशीका अध्यक्ष अनमोल प्रधान, मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साह, होटल एसोसिएशन संघ कोशीका अध्यक्ष राजन श्रेष्ठले समेत कार्यक्रममा आफ्नो मन्तव्य राखेका थिए । उनीहरुले मेक ईन नेपाल अभियानलाई सार्थकता दिन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *