एस एम न्युज तौलिहवा , साउन २६
कपिलबस्तुको मायादेवी गाउँपालिकामा विषालु च्याउ खाँदा एकै परिवारका सात जना बिरामी भएका छन् । विषालु च्याउले बिरामी परेका मायादेवी गाउँपालिका ७ लालपुरका रहेका छन् ।
च्याउ खाइ बिरामी परेका ४५ वर्षीय विन्दु ठाकुर, २९ वर्षीय धर्मेन्द्र ठाकुर, २६ वर्षीय कुसुम ठाकुर, २६ वर्षीय करण ठाकुर रहेका छन् । यसैगरी, ६ वर्षीय ज्योति ठाकुर, ४ वर्षीय अन्सिका ठाकुर र ३ वर्षीय सुशान्त ठाकुर समेत बिरामी परेको प्रहरीले जनाएको छ ।
सातै जनाको कपिलवस्तु अस्पताल तौलिहवामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले बताउनु भएको छ।