विष्णुभक्त स्मृति पुरस्कार अभिनेत्री लक्ष्मी गिरीलाई

विष्णुभक्त स्मृति पुरस्कार अभिनेत्री लक्ष्मी गिरीलाई

काठमाडौं ।

विष्णुभक्त तारादेवी स्मृति गुठीद्वारा राजधानीमा हालै आयोजित एक कार्यक्रममा यस बर्षको विष्णुभक्त रंगकर्मी पुरस्कार लोकप्रिय अभिनेत्री लक्ष्मी गिरीलाई प्रदान गरिएको छ।

विष्णुभक्त– तारादेवी स्मृति सभाको अवसरमा गिरीलाई नगद २५ हजारसहित दोसल्ला ओढाएर उक्त पुरस्कारबाट पुरस्कृत गरिएको हो।

‘मेरो पनि अभिनय गर्दा गर्दै विष्णुभक्त फुयाँलको जस्तै मरण भए हुन्थ्यो’ गुठीद्वारा आयोजित सभामा सम्मानित कलाकार गिरीले करिब ३० वर्षसम्म कलाकार तथा रंगकर्मी फुयाँलसँग अभिनयका क्रममा बिताएको स्मरण गर्दै भनिन्।

गुठीका अध्यक्ष कमल फुयाँलले कलाकारिताका क्षेत्रमा आफ्ना बुवाले पुर्‍याएको योगदानको चर्चा गर्दै कलाकारहरूको सम्मानलाई निरन्तर अगाडि बढाउने बताए।

फुयाँलको ७९ वर्षको उमेरमा नाटक यज्ञवल्क्यमा राजा जनकको भूमिकामा अभिनय गर्दागर्दै २०७३ मंसिर १९ गते राष्ट्रिय नाचघरमा निधन भएको थियो। गुठीले उनको निधन भएको दिनको स्मरण गर्दै हरेक वर्ष पुस १९ पछिको शनिबार स्मृति सभा गर्दै आएको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *