
चैत २१ ।
आगामी वैशाख २ गतेदेखि सुरु हुने नयाँ शैक्षिक सत्रलाई लक्षित गर्दै जनक शिक्षा सामग्री केन्द्र ले देशभर विद्यालय तहका पाठ्यपुस्तक धमाधम वितरण गरिरहेको छ।
केन्द्रका अनुसार चैत १६ गतेदेखि सुरु गरिएको वितरण अभियानअन्तर्गत पाँच दिनमै करिब २५ लाख थान पुस्तक बिक्री भइसकेको छ। निर्धारित समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउने लक्ष्यसहित उत्पादन कार्य सम्पन्न गरी वितरणलाई तीव्र बनाइएको केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले जानकारी दिएका छन्।
यसैबीच सस्मित पोखरेल ले भक्तपुरस्थित केन्द्रको कार्यालय तथा प्रेस अवलोकन गर्दै उत्पादन र वितरण प्रक्रियाबारे जानकारी लिएका थिए। उनले आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तक अभाव नहुने प्रतिबद्धता व्यक्त गरेका छन्।




