व्यंग्य छेड्दै मनोज र शैलेन्द्र

व्यंग्य छेड्दै मनोज र शैलेन्द्र

गाईजात्रा पर्वका अवसरमा विभिन्न पात्रको क्यारिकेचर गर्दै राजनीतिक तथा सामाजिक कुरीतिमाथि व्यंग्य गर्दै आएका मनोज गजुरेल, शैलेन्द्र सिंखडाजस्ता व्यंग्यकारले यस वर्ष पनि विभिन्न स्थानमा कार्यक्रम आयोजना गरेका छन्।

कोरोना महामारीका कारण तीन वर्षदेखि डिजिटल रुपमा गाईजात्रा प्रस्तुति दिँदै आएका उनीहरु यस वर्ष भने भौतिक रुपमै आफ्ना प्रस्तुति लिएर देश दौडाहामा निस्किएका छन्। सोही क्रममा विराटनगरबाट शुरु भएको २०८० सालको गाईजात्रा नामक कार्यक्रम आइतबार बर्दिवास र सोमबार चन्द्रनिगाहपुरमा प्रस्तुत गरिएको छ। हास्यकलाकार मनोज गजुरेलले यस वर्ष चर्चामा रहेका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यक्तित्वको क्यारिकेचर गर्दै मनोरञ्जन गराएका छन्। मनोजले यसपटक नेता मदन भण्डारी र बीपी कोइरालाबीच स्वर्गमा भएको संवाद प्रस्तुत गरेका छन्। बीपी मनोज मुलाकात नामक उक्त प्रहसनमा बीपीको भूमिका निर्वाह गर्दै कलाकार चक्र दवाडीले मनोजलाई साथ दिएका छन्। यस्तै, मनोज अर्को पात्रको रुपमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी धनाढ्य एलन मस्कका हजुरबुबा एलियन मस्कको भूमिकामा देखिएका छन्। प्रहसनमा उनले राष्ट्रिय आविष्कारक केन्द्रका अध्यक्ष तथा वैज्ञानिक महावीर पुनसँगको संवाद प्रस्तुत गरिरहेका छन्। जसमा महावीरको भूमिकामा प्रभात लामाले अभिनय गरेका छन्।

त्यस्तै, कवि शैलेन्द्र सिंखडाले यसपटक कविताको शैलीमा राजनीतिक कमी कमजोरी र सामाजिक कुरीतिको विषयमाथि व्यंग्य गरिरहेका छन्। ञअहिले एउटा काण्ड सेलाउन नपाउँदै अर्को काण्ड आइरहेको छ, यस्तै विषयमाथि व्यंग्यात्मक प्रस्तुति दिँदा दर्शक उत्साहित देखिएका छन्, २०३६ सालदेखि गाईजात्रे प्रस्तुति दिँदै आएका शैलेन्द्र भन्छन् ञराजनीतिक व्यवस्था र पुस्ता परिवर्तनसँगै आफ्ना प्रस्तुतीकरण र व्यंग्य गर्दा राजा महाराजाहरु संविधानसँग डराउनुपथ्र्यो। अहिले समाजमा रहेका जातजाति तथा समुदायप्रति डराएर सोही अनुसारको प्रस्तुति दिनुपर्छ।

मनोज र शैलेन्द्रको साथमा गायक टीका भण्डारी, कलाकारहरु सुबोध गौतम, सुन्दर खनाल, म्याक्सम गौडेल, सीता न्यौपाने, प्रभात लामा र रुबिना अधिकारीको प्रस्तुति रहेको कार्यक्रम भदौ १४ देखि १७ गते गतेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ भने २२ गते दाङ र २३ गते रुपन्देहीमा हुनेछ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *