शक्ति र बाबुरामका सिर्जनाका फुलहरु

शक्ति र बाबुरामका सिर्जनाका फुलहरु

काठमाडौं ।

गीतकार संघ नेपालको आयोजनामा राजधानीमा आयोजित एक कार्यक्रमबीच गीतकार विश्व बल्लभको प्रमुख आतिथ्यतामा संगीतकार शक्ति बल्लभ र गीतकार बाबुराम पोखरेलको सिर्जनाका फूलहरू सार्वजनिक भएको छ।

सिर्जनाका फूलहरूमा संगीतकार बल्लभको एकल संगीत तथा गीतकार पोखरेलको एकल शब्द सिर्जना रहेको छ। एल्बममा मनोहर सुनाम र निरज श्रेष्ठको संगीत संयोजन रहेको छ।

एल्बममा आनन्द कार्की, शिशिर योगी, सुमित खड्का, सत्यराज आचार्य, स्वरुपराज आचार्य, माण्डवी त्रिपाठी, बानिका प्रधान र गीतकार पोखरेलकै स्वर रहेको छ।

गीति संग्रहको असाध्यै राम्रो गीत बनेको चर्चा गर्दै गायक आनन्द कार्कीले गीतकार बाबुराम पोखरेललाई शुभकामना दिए। संगीतकार बल्लभले पोखरेलसँग रेडियो नेपालमा जीवनमा धेरै खोला तर्नुछ बोलको पहिलो गीत गर्दादेखि हालसम्म सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे।

गीतकार पोखरेलले २०४२ सालमा नाटक गरिएको अनुभव सुनाउँदै हरेक शब्द सिर्जनामा कथा बुनेको हुँदा एउटा इतिहास निर्माण भएको बताए। कार्यक्रमका प्रमुख अतिथि गीतकार विश्व बल्लभले गीतकार पोखरेलको लेखनमा इमान्दारिता झल्किएको बताए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *