शनिबारदेखि आम्मा कसम याँ दुख्छ

शनिबारदेखि आम्मा कसम याँ दुख्छ

कमेडी रोस्ट शो आम्मा कसम याँ दुख्छको दोस्रो सिजन आगामी शनिबारबाट प्रसारण हुने भएको छ।

शोबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दोस्रो सिजनको पहिलो भागमा राजनीतिज्ञ केशव स्थापित रहने आयोजकले जानकारी गराएका छन्। शो प्रत्येक शनिबार राति ८ः४५ बजे नेपाल नेटवर्क टेलिभिजन (एनएनटीभी) र ओएसआर रियालिटी युट्युब च्यानलबाट प्रसारण हुनेछ। पहिलो सिजनको तुलनामा अझै राम्रो र केही परिमार्जन गरिएको आयोजक टिमको दाबी छ। शोकी निर्देशक श्रद्धा प्रसाईंका अनुसार शोबाट दर्शकले यसपटक अझ बढी मनोरञ्जन लिन सक्नेछन्। ञहामीले यसपटक पहिलो सिजनको तुलनामा दोस्रो सिजनमा मेहनत पनि बढी गरिरहेका छौ। शोमा कमेडियन प्रनेश गौतम भित्रिएका छन्, श्रद्धाको भनाइ थियो।

शोका होस्ट बिक्की अग्रवालले यसपटक शोमा आउने गेस्ट अझ विशेष भएको जानकारी गराए। उनले अहिलेसम्म पाँच भागको छायांकन भइसकेको जानकारी गराए।

शोको गेस्ट म्यानेजमेन्टको काम गोपीकृष्ण चापागाईंले गरेका छन्। चापागाईंका अनुसार पहिलो सिजनभन्दा दोस्रो सिजनमा गेस्ट ल्याउन धेरै सहज भएको छ।

एन क्यासको प्रस्तुति रहेको आम्मा कसम याँ दुख्छको पहिलो भागको प्रोमोमा केशव स्थापित खुलेरै शोमा गएको देखिन्छ। शोमा बिक्की अग्रवाल होस्ट छन् भने बिना त्रिपाठी डिजे मायाको भूमिकामा देखिनेछिन्। यस्तै, दोस्रो सिजनका लागि रिपोर्टर पिंकुको भूमिकामा प्रनेश गौतम भित्रिएका हुन्। शोको लेखनको काम सुशान्त बस्याल र विकाश अर्याल गरेका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *