शरणार्थी प्रकरणमा टोपबहादुर–बालकृष्णलाई हुनसक्छ १५ वर्ष कैद, राजनीतिमा फर्कन असम्भव (भिडियो)

शरणार्थी प्रकरणमा टोपबहादुर–बालकृष्णलाई हुनसक्छ १५ वर्ष कैद, राजनीतिमा फर्कन असम्भव (भिडियो)

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको अनुसन्धान अन्तिम अवस्थामा पुगेको छ । यो प्रकरणमा प्रहरीले सङ्गठित अपराधतर्फ अनुसन्धान गरिरहेको हुँदा ६० दिनभित्र सरकारी वकिलको कार्यालय मार्फत अदालतमा मुद्दा पुर्याउनुपर्ने बाध्यता प्रहरी सामु छ । चैत्र १२ गते पहिलो पटक यो गिरोहका ३ जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

हालसम्म पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पुर्व गृहमन्त्री बालकृष्ण खाँड, सरकारकै बहालवाला सचिव टेकनारायण पाण्डे लगाएत १४ जनालाई पक्राउ गरि प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीलाई सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउने चटारो परिरहँदा पछिल्लो पटक पक्राउ परेका केहि भिआईपीमाथि प्रयाप्त अनुसन्धान हुन सकेको छैन ।

पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापा लगाएत केहिलाई प्रहरीले पक्राउ नै गर्न सकेको छैन । अब करिब १ साताको समय बाँकी रहँदा यो मुद्दालाई सरकारी वकिलको कार्यालयले अदालतमा कति बलियोसँग प्रस्तुत गला त ? यसमा संलग्न भिआईपी देखि आम व्यक्तिलाई कुन कुन मुद्दा चलाईएला र कस्तो कारबाही होला ?

अर्कोतर्फ सर्वोच्च अदालतले टिकापुर घटनाको मुख्य दोषी ठहर गर्दै रेशम चौधरीलाई जन्मकैदको सजाय सदर गरिदिएको छ । राजनीतिक सौदाबाजीमा उनलाई रिहाई गराउने प्रयास सरकारले गरेको प्रयास सफल हुन नपाउँदै सर्वोच्चको फैसला आइसकेको छ । अब सरकारले रेशम चौधरी र टिकापुर हत्याकाण्डको विषयलाई किनारा लगाउने कानुनी आधार के हुन्छ ? यि र यस्तै प्रश्नहरुको जवाफ खोज्नका लागि आजको ‘इश्यु अफ द डे’मा निम्त्याएका छौँ, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलाई । उनैसँग पछिल्लो समय देशमा विकसित घटनाक्रमबारे कुराकानी गरिएको छ ।

अधिवक्ता न्यौपानेसँग गरिएको कुराकानी जस्ताको तस्तैः

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *