
- सितल रिजाल
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका ठुला नेताहरुनै निशानामा परेपछि राजनीतिमा खैलाबैला मच्चिएको छ ।
अझ, बुधबार नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ प्रकरणले झनै तरङ्ग पैदा गरेको छ ।
पार्टी भित्र प्रभावशाली मानिएका खाँण पक्राउ परेपछि कांग्रेसको आन्तरिक राजनीतिमा नै यसले प्रभाव पार्ने देखिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको पक्राउ प्रकरणले नेपाली कांग्रेसको आन्तरिक राजनीति उथलपुथल भएको छ ।
पार्टीका प्रभावशाली नेता र आफ्ना विश्वास पात्र पक्राउ पर्दा सभापति शेरबहादुर देउवा अत्तालिएका छन् । जसका कारण उनी बुधबारदेखि निरन्तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न धाइरहेका छन् ।
यता, शरणार्थी प्रकरणमा आरजुराण देउवा पनि संलग्न भएको अडियो सार्वजनीक भएपछि यस घटनाले देउवालाई झनै पिरोलेको छ ।
कांग्रेस भित्रै पनि संस्थापन इतर पक्षका नेताहरु दोषीलाई कारबाहिको मागसहित सरकारसँग हात मिलाउन पुगेपछि देउवा झनै संकटमा परेका छन् ।
यद्यपि बिहिबार बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले भने खाँणलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।
शरणार्थी प्रकरणमा पछिल्लो समय सरकारले देखाएको तदारुकता हेर्दा उक्त प्रकरणमा अझै पनि शीर्ष नेता र तिनका आसेपासे निशानामा पर्ने निश्चित छ ।
त्यही डरले यतिबेला कांग्रेस र एमालेका शीर्ष नेताहरुको दौडधुप पनि निकै बढेको छ । आफ्ना नजिकका पात्रहरुनै निशानामा परेपछि जेगाउन गरेका यस्ता प्रयासबाट गृहमन्त्री नारायणकाजि श्रेष्ठ प्रभावित हुने संकेत भने देखिएको छैन् ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पाठइदिन्छु भन्दै ठगि गर्ने संगठित गिरोहविरुघ प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यस प्रकरणमा सत्ता पक्ष र प्रतिपक्षकै प्रभावशाली नेताहरु र उच्च प्रशासकहरुको संलग्नता खुल्दै गएको छ । यसले कतै अनुसन्धानलाई नै प्रभाव पार्ने त होइन ? एकतिर प्रश्न पनि उब्जिएको छ ।
त्यसैले यस प्रकरणमा सवै सचेत हुन र अनुसन्धानमा सघाएर कानुनलाई सहयोग गर्न आवश्यक छ ।