
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई थप ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पुनः अदालतसँग म्याद थपका लागि अनुमति माग्दा अदालतले रायमाझी र खाँणसहित १६ जनालाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
यस प्रकरणमा हालसम्म भीआईपीतर्फ सांसदसमेत रहेका रायमाझी, उनका छोरा सन्दीप रायमाझी खाँण, नेपाल सरकारका पूर्वसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई रहेका छन् ।
प्रहरीको सूचीमा अझै १६ जना फरार छन् । आइतबार प्रहरीले ३२ जना आरोपीविरुद्ध २६ करोड ८८ लाख ७५ हजार रुपैयाँ विगो दावी गरेको छ ।