कपिलवस्तु , साउन २६
कपिलवस्तुको महाराजगन्ज नगरपालिका ११ बनगाई स्थित रहेको झिन्ना माध्यमिक विद्यालयमा अनुगमन गर्न गएका निर्वाचित जनप्रतिनिधि माथि हातपात भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले विद्यालयमा अनुगमन गर्ने क्रममा विद्यालयका प्रधानाध्यापक रुद्रेश नाथ तिवारी, शिक्षक योगेश नाथ तिवारी र शिक्षक प्रवीण तिवारीले वडा सदस्य अवधेश यादव माथि हातपात गरेका हुन् । महाराजगन्ज ११ का वडा सदस्य यादव माथि हातपात गर्ने तिनै जान तिवारीहारु दाजुभाइ हुन् ।
लामो समय देखी बिधालयमा तिवारी परिवारले मनमानि गर्दै भ्रस्टाचार गरेको आरोप लाग्दै आएको छ । विद्यालयमा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियारको टोली विद्यालय अनुगमन गर्न पुगेको थियो । अनुगमन गर्न किन आएको भन्दै यादव माथि हातपात गरेको पीडित यादवले बताउनु भयो ।
विहिबार दिउँसो करिब २ बजे शिक्षकहरुले यादव माथि विद्यालय परिसर मै हातपात गरी लगाएको कमिज च्यात्ति दिएको महाराजगन्ज ११ का अर्का वडा सदस्य राधेश्याम कुर्मीले बताउनु भयो ।
अनुगमनका क्रममा विद्यालयका शिक्षक अस्वनि कुमार तिवारीले अनुगमन टोलीलाई गालि गलौज गरी वडा सदस्य अवधेश यादव माथि हातपात गरेको अनुगमनमा सहभागी सुनिल केसीले जानकारी दिनु भयो ।
अनुगमन कार्यमा अख्तियार कार्यालयका बाबुराम न्यौपाने सहित ३ जना, महाराजगन्ज नगरपालिकाका ४ जना प्राविधिक इन्जिनियर , ११ नं वडा कार्यालयका अध्यक्ष धर्मेन्द्र कुमार पुरी, वडासद्स्य राधेश्याम कुर्मीको सहभागीता रहेको थियो ।
सो बिधालयमा तिवारी परिवारको हालिमुहाली चल्ने गरेको स्थानीय बताउँछन् । पैसा र राजनीतिक पहुँचका कारण त्यस क्षेत्रमा समेत तिवारी परिवारको बोलबाला छ भने त्यहाँका स्थानीय तिवारी परिवार संग डराउने गरेका छन् । तिवारी परिवारले निरंतर स्कुलमा मनमानी गरिरहेको स्रोतको दाबी छ ।
नाम नबताउने सर्तमा एक स्थानीयले तिवारी परिवारले बिधालयमा मनोमानी ढंगले आफ्नो परिवारका सदस्यलाइ बिधालयमा जागिर दिएका छन् । बिधालयका शिक्षक प्रबिण तिवारीले राजनैतिक प्रतिशोध साधन बिगतमा बिद्यार्थीलाइ समेत कुटेको आरोप लागेको थियो ।
हातपात तथा कुटपिट गर्ने प्रधानाध्यापक, शिक्षकहरुलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।