भदौ ६ कपिलवस्तु ।
सनसाइन सामाजिक विकास संस्थाको आयोजना र द एसिया फाउन्डेसन नागिरक समाज र मिडिया सिएसएम को सहयोगमा सो तालिम सुरु भएको हो । आयोजित तालिममा यशोधरा र शुद्धोधन गाउँपालिकाका विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक , आमा समुहका प्रतिनिधि , युवा क्लबका प्रतिनिधि तथा समाजका अगुवाहरू गरी ३३ जना सहभागी भएका छन्। तालिमको उद्घाटन सत्रको अध्यक्षता सनसाइन सामाजिक विकास संस्थाका सचिव दिलीप कुमार यादवले गरेका थिए भने कार्यक्रमको उद्देश्य बारेमा कार्यक्रम संयोजक तुलसीराम यादवले बताउनु भएको थियो ।
सामुदायिक संयन्त्रको सक्रिय सहभागिता मार्फत सिमान्तकृत समुदायका बालबिलकाहरुलाइ गुणस्तरिय शिक्षा प्रदान गर्ने उद्देश्यले गुणस्तरिय शिक्षाको लागि सामुदायिक संयन्त्रको सक्रिय सहभागिता विषयक तालिम आज देखी सुरु भएको छ। बाणगगा नगरपालिका ३स्थित राजापानीको थ्री एस होटेलमा उक्त तालिम सुरु भएको छ।
यस तालिमको सहजीकरण संजय पासी र जुनु सुनारले गर्नु भएको छ । तालिमले शिक्षा क्षेत्रमा सामुदायिक संयन्त्रको महत्त्व र यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक सीप र ज्ञान प्रदान गर्ने अपेक्षा गरिएको छ। कार्यक्रमका आयोजक संस्थाका सचीवले भने, “यस तालिमले स्थानीय समुदायलाई शिक्षा क्षेत्रमा सक्रिय सहभागी हुन प्रोत्साहित गर्नेछ। यसबाट हाम्रो क्षेत्रको शैक्षिक गुणस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं।” तालिम भाद्र ६ गते देखी ८ गते सम्म ३ दिन चल्ने छ । सनशाइन सस्थाले सन्चालन गरेको सिमान्तक्रित समुदायको लागि बिद्यालय शिक्षामा सामुदायिक सहकार्य परियोजना अन्तरगत उक्त तलिमको आयोजना गरिएको कुरा आयोजकले जनाएको छ ।