कपिलवस्तु , बैशाख १३
नयाँ शैक्षिक शत्रको सुरुवात संगै शिक्षामा सिमान्तकृत समुदायको शिक्षामा पहुँच अभिबृद्धिका लागि सनशाईन सामाजिक बिकास संस्था कपिलवस्तुले गाउँ गाउँमा कचहरी नाटक प्रदर्शन गर्ने कार्यको सुरुवात गरेको छ ।
अति बिपन्न गरिब , दलित,मुस्लिम र नेटुवा समुदायको बिद्यालय शिक्षामा पहुँच गराउने उद्धेश्यले नाटक प्रदर्शन गर्न लागिएको छ । उक्त नाटक यशोधरा गाउँपालिका र शुद्धोधन गाउँपालिकाका बिभिन्न वडाहरुमा प्रदर्शन गर्ने कुरा आयोजक संस्थाले जनाएको छ ।
द एसिय फाउण्डेशन नेपाल द्धारा कार्यन्वयनमा रहेको युएसएआईडी सिभिल सोसाईटी र मिडिया कार्यक्रम अन्तरगत द एसिया फाउण्डेशन र सनशाईन सामाजिक बिकास संस्थाको साझेदारीमा संचालन भएको सिमान्तकृत समुदायको लागि बिद्यालय शिक्षामा सामुदायिक सहकार्य परियोजना अन्तरगत बस्ती बस्तीहरुमा कचहरी नाटक प्रदर्शन गर्न थालिएको कुरा कार्यक्रम संयोजक तुलसीराम यादवले बताउनु भएको छ । हिजो बुधवार शुद्धोधन गाउँपालिकाको वडा नंं.४ मोतीभारी , मधुनगरामा कचाहरी नाटक प्रदर्शन भएको हो । नाटक करिब एक सय चन्दा बढी स्थानिय समुदायले हेर्नु भएको थियो । शिक्षाको बिषयमा यथार्थ चित्रण गरेको नाटकमा दर्शकहरुले शिक्षा क्षेत्रमा देखिएका बाधाहरुलाई हटाउनको लागि अ आफ्ना सुझावहरु पेश गरेका थिए ।
नाटकले शिक्षामा पहुँच न हुँदा भएका समस्याहरुलाई देखेर आफुलाई सम्झिदा स्थानिय अदालत चमारले आँखा बाट आँशु थाम्न सक्नु भएन । उहाँले अब सिमान्तकृत समुदायले पाउने शिक्षाका बाधाहरुलाई हटाउनु पर्नेमा जोड दिनु भएकमो थियो । त्यसै गरी स्थानिय युवा राम नरेश यादवले कचाहरी नाटकमा देखाईएका सास्याहरुको समाधानका लागि बिद्यालय भित्र र समुदाय स्तरबाट शिक्षा प्राप्तीका लागी भईरहेका बाधाहरुलाई हामी सबै मिलेर हटाउनु पर्नेमा जोड दिनु भएको थियो ।