सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन गर्ने भएपछि निजी विद्यालयका सञ्चालकहरुले आन्दोलन घोषणा गरेका छन् । कृष्णनगर नगरपालिकाका निजि विद्यालयहरूले बुधबार कृष्णनगर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन । एन प्याब्सन र प्याब्सनले विद्यालय शिक्षा विधेयक अवैधानिक भन्दै निजी विद्यालयका सञ्चालकहरुले नगरलाई ध्यानार्षण पत्र बुझाएको जनाएको छ ।
निजी विद्यालय सञ्चालकहरुले सरकारले प्रस्ताव गरेको विधेयकमा विद्यालयहरुलाई शैक्षिक गुठीमा लैजानेबारे एकतर्फी निर्णय गरेकोले आन्दोलन गर्न बाध्य भएको बताए । सरकारले निजी विद्यालयका सञ्चालकहरुलाई प्रोत्साहन हुने गरि ऐन संशोधन गर्नुपर्नेमा आवश्यक प्रावधानहरु नै तयार नगरी हठात विधेयक दर्ता गरेको आरोप लगाएका छन् ।
निजी विद्यालयका सञ्चालकहरुले घोषणा गरेको आन्दोलनको कार्यक्रमका अनुसार २४ गते बुधबार पालिकाहरूमा ज्ञापनपत्र बुझाएका हुन् । साउन २५ गते विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको मस्यौदाको विरोधमा अन्तरक्रिया गर्ने, २७ गते आन्दोलनको समीक्षा गर्ने कार्यक्रम छ । देशभरिका निजी विद्यालयहरु आन्दोलनरत रहेका छन् ।
साउन २७ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द र भदौ १ गते अनिश्चित विद्यालय बन्द तथा विद्यालयका सवारीसाधनहरु सार्वजनिक स्थानमा पार्किङ गर्ने जस्ता कर्यक्रमहरू् छन् । मुलुक शिक्षाबाट दीर्घकालीन रुपमा समृद्ध हुन सकोस् भन्ने खालको शिक्षा ऐन आउनुपर्नेमा सबैले जोड दिनुपर्ने आवश्यकता रहेको उनीहरुको भनाई