असार २८
शिवराज नगरपालिकाले वाटो बनाएको २ महिना भित्र ठाँउ ठाँउमा उक्किएको र भाँसिएको नगर प्रमुखको अनुगमनमा भेटिए पछि कार्वाहिको प्रक्रिया अगाडी बढाइएको छ ।
शिवराज अधुरो बाटो रिङ्गरोट सडक कालो पत्रे सडक निर्माण करहिया देखि भलुहि जाने सडक काम सम्पन्न भएको दुई महिना भित्र भासिए पछि नगर प्रमुख अजय थापा एक्सन्नमा आएका हुन । थापाले निर्माण कम्पनी एम एस दर्शन मालिका एम एस कृत्ती जे भि तिलोतमा रुपन्देहिले निर्माण गरेको दुई महिना भिध भत्किए पछि नगर प्रमुख थापाले कम्पनी सहित पालिकामा उक्त साइड हेर्ने कर्मचारीलाई फेसबुक स्टाटस मार्फत कार्वाही गर्ने चेतावनी दिएका छन् ।
नगर प्रमुख थापाले काम सन्तोषजन्क नभएकमा कानुनी कार्वाही अगाडी बढाउने बताए । उनले उक्त काममा खटिएका पालिकाका दुई कर्मचारिलाई असार २९ गते भित्र स्पष्टिकरण पेस गर्न पत्रचार गरिएको र चित्त बुझदो जवाब नआएमा कार्वाही अगाडी बढाउने नगर प्रमुख थापाले बताए ।