शिवराज अस्पतालको सेवा सुधार यात्राः न्यूनतम मापदण्डमा ६२% स्कोरसहित जिल्लामै उत्कृष्ट  स्थान

शिवराज अस्पतालको सेवा सुधार यात्राः न्यूनतम मापदण्डमा ६२% स्कोरसहित जिल्लामै उत्कृष्ट स्थान

कपिलवस्तु, मंसिर १२ —
कृष्णनगर नगरपालिका–९, बहादुरगञ्जस्थित शिवराज अस्पतालले यस वर्षको न्यूनतम सेवा मापदण्ड (MSS) मूल्यांकनमा ६२ प्रतिशत अंक हासिल गर्दै कपिलवस्तु जिल्लाका प्राइमरी अस्पतालमध्ये सबैभन्दा उत्कृष्ट अस्पतालको रूपमा पहिचान बनाउन सफल भएको छ।

लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय तथा निक साइमन इन्स्टिच्युट (NSI) द्वारा गरिएको अनुगमनपछि सार्वजनिक भएको नतिजाले अस्पतालको सेवा प्रवाहदेखि व्यवस्थापन, पूर्वाधार, स्रोत–साधन, जनशक्ति र सेवा गुणस्तरमा पछिल्ला वर्षहरूमा आएको उल्लेखनीय सुधारलाई उजागर गरेको बताइन्छ।

अस्पतालका सूचना अधिकारी डा. विनोद बढ़ईका अनुसार प्राप्त उपलब्धीले अस्पताल परिवारको निरन्तर मिहिनेत र अनुशासित सहकार्यलाई प्रमाणित गरेको छ। कार्यक्रममा अस्पताल विकास समिति अध्यक्ष तथा कृष्णनगर नगर प्रमुख रजत प्रताप शाहले यो सफलता शिवराज अस्पतालको जिम्मेवारी, पारदर्शिता र जनमैत्री स्वास्थ्य सेवातर्फको निरन्तर यात्राको फल हो भन्दै गर्व व्यक्त गरे।

Leave a Comment

Your email address will not be published. Required fields are marked *