शिवराज अस्पतालमा विशेषज्ञ सेवा: कृष्णनगर नगरपालिका र देवदह मेडिकल कलेजबीच सहकार्य

शिवराज अस्पतालमा विशेषज्ञ सेवा: कृष्णनगर नगरपालिका र देवदह मेडिकल कलेजबीच सहकार्य

कमलेशचन्द्र  गुप्ता, कृष्णनगर
कृष्णनगर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा नयाँ ढोका खोलेको छ। रूपन्देहीको देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटसँगको सम्झौतासँगै, बहादुरगञ्जस्थित शिवराज अस्पतालमा अब नियमित रूपमा विशेषज्ञ चिकित्सकहरू उपलब्ध हुनेछन्। नगरप्रमुख रजत प्रताप शाहले नगरवासीलाई अब सामान्य उपचारका लागि भारत वा बुटवल जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भने, “स्वास्थ्य पहुँच बढाउने हाम्रो लक्ष्य हो, अब नागरिकले आफ्नै क्षेत्रमा विशेषज्ञ सेवा पाउनेछन्।”
अस्पतालमा चिकित्सक, उपकरण र पूर्वाधारको अभाव विगतमा ठूलो चुनौती थियो। यही समस्या समाधान गर्न नगरपालिकाले सार्वजनिक–निजी साझेदारी (PPP) मोडेलमा अघि बढेको हो।
देवदह मेडिकल कलेजका सीईओ गोपालबहादुर भण्डारीले कपिलवस्तुमा सेवा विस्तार गर्न पाउँदा गौरवको अनुभूति भएको बताउनुभयो। प्रारम्भमा आन्तरिक रोग, बालरोग, स्त्रीरोग र हाडजोर्नी विशेषज्ञ सेवा सुरु गरिनेछ। कलेजले आवश्यक चिकित्सक र उपकरण उपलब्ध गराउनेछ भने, नगरपालिकाले पूर्वाधार व्यवस्थापनमा सहकार्य गर्नेछ। यो सहकार्यले कृष्णनगर क्षेत्रको स्वास्थ्य सेवा क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *