
महेन्द्र यादव , असार १ –
कृष्णनगर नगरपालिका अन्तर्गत रहेको शिवराज अस्पताल बहादुरगञ्जमा भोलि सोमबार (२०८२ असार २ गते) विशेषज्ञ सेवा प्रदान गरिने भएको छ। अस्पताल प्रशासनका अनुसार यस दिन हाडजोर्नी तथा नसा रोग र स्त्री तथा प्रसूति रोग सम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइनेछ।
उक्त सेवा शिवराज अस्पताल बहादुरगञ्ज मा बिहान १०:०० बजेदेखि दिउँसो २:०० बजेसम्म प्रदान गरिनेछ। शिवराज अस्पतालको आयोजनामा र देवदह मेडिकल कलेजको सहकार्यमा सेवा सञ्चालन गरिन लागिएको हो।
अस्पताल प्रशासनले सेवा चाहने सबै नागरिकहरूलाई तोकिएको समयमा उपस्थित भई सेवा लिन अनुरोध गरेको छ।