शिवराज–८, लक्ष्मणपुरमा जनचेतना मा. बि. लाई बस सुविधा ।

कपिलवस्तु ।

शिवराज नगरपालिका–८, लक्ष्मणपुरस्थित श्री जनचेतना सामुदायिक माध्यमिक विद्यालयमा अब यातायात सुविधा उपलब्ध हुने भएको छ। विद्यालयका विद्यार्थीहरूलाई सहज आवतजावतका लागि बस सुविधा उपलब्ध गराइएको हो।

संविधानसभा सदस्य तथा पूर्व सांसद अभिषेक प्रताप शाहको पहलमा भारतीय राजदूतावास, लैनचौर काठमाडौँबाट प्राप्त बस विद्यालयलाई हस्तान्तरण गरिएको हो। विद्यालयका प्राचार्य देवानन्द ठाकुरले शाह र भारतीय राजदूतावासप्रति विद्यालय परिवारको तर्फबाट हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो।

विद्यालय प्रशासनले यस सहयोगले विद्यार्थीहरूको शैक्षिक यात्रामा थप सहजता ल्याउने विश्वास व्यक्त गरेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *