शुद्धोधनमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

प्रभुनाथ गुप्ता
माघ २० गते, कपिलवस्तु

शुद्धोधन गाउँपालिकाको छैटौँ राष्ट्रपतिको रनिङ शिल्ड र अध्यक्ष कप प्रतियोगितामा सहभागी विजेता विद्यार्थीहरूलाई शुद्धोधन गाउँपालिका वडा नम्बर १ स्थित श्री सनलाईट इंग्लिश बोर्डिङ्ग स्कूलले सम्मानित गरेको छ। विद्यालयले विभिन्न खेलकुद प्रतियोगितामा सफलताका साथ उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीहरूलाई मेडल, सर्टिफिकेट र नगद पुरस्कार प्रदान गरेको हो।पुरस्कार वितरणका अवसरमा विद्यालयका संस्थापक श्री   एस.एन. त्रिपाठीले विजेता विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्दै उनीहरूको भविष्यका लागि प्रेरणा दियो। विभिन्न खेलकुदका इवेन्टहरूमा विद्यार्थीहरूले उल्लेखनीय सफलता प्राप्त गरेका छन्:सटफुट: मो. सहजाद खान (प्रथम, रु ११,००५),
ज्वाबलिङ थ्रो: अरबाज गद्दी (द्वितीय, रु ८,००५),
१५०० मीटर दौड: विशाल यादव (तृतीय, रु ५,००५),
३००० मीटर दौड: विशाल यादव (तृतीय, रु ५,००५),
रिले दौड: ध्रुव साहनी, सजीवन, दीपेन्द्र प्रजापति (तृतीय, रु ५,००५),
भलिबल: पुरुष र महिला तर्फ (तृतीय, रु ५,००५),

यसरी खेलकुदको क्षेत्रमा विद्यार्थीहरूको सफलताले विद्यालयको प्रतिष्ठा र विद्यार्थीहरूको आत्मविश्वासमा पनि सकारात्मक प्रभाव पार्नेछ। र सम्पूर्ण विजेताहरूलाई विद्यालयका तर्फबाट हार्दिक बधाई र भविष्यका लागि शुभकामना व्यक्त गरिएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *