श्रमिकको जीवन रक्षा गर्नुपर्छ : अध्यक्ष लिङ्देन

श्रमिकको जीवन रक्षा गर्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले श्रमिकको ज्यान जोगाउनुपर्ने बताएका छन् । उनले श्रमिकको सुरक्षाका लागि आवश्यक शिक्षा र स्वास्थ्य बीमामा सरकारले ध्यान दिनुपर्ने बताए ।

राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासङ्घ नेपालले आयोजना गरेको १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस समारोहमा उनले वर्षभरी काम गरेर पनि मजदुरले आधारभूत आवश्यकता पूरा गर्न नपाउँदा दुःख लागेको बताए ।

राष्ट्रपति लिङ्देनले श्रमिकले आफ्ना छोराछोरीको उचित शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा पनि खर्च गर्न नसक्ने भएकाले आफ्नो परिवारको शिक्षा र स्वास्थ्य जस्ता विषयमा सरकारले ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।

उनले भने, “आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घन्टा आराम नारामा मात्र सीमित छ, मजदुर दिवस मनाइरहँदा हामीले श्रमिकको अवस्था बुझ्न जरुरी छ।” उनले श्रमिक कति मर्यादित, सुरक्षित र स्वस्थ छन् भन्ने कुरामा सरकारले ध्यान दिनुपर्ने बताए । उनले ट्रेड युनियनको आगामी आन्दोलन श्रमिकको सुरक्षा मापदण्डमा केन्द्रित हुनुपर्ने बताए ।

राप्रपाका केन्द्रीय प्रवक्ता सगुनसुन्दर लावतीले श्रमलाई सबै हिसाबले सम्मान गर्नुपर्ने धारणा राखे । श्रमसँगै समय पनि उत्तिकै महत्वपूर्ण भएकाले श्रम र समयलाई ध्यानमा राखेर काम गर्नुपर्ने उनले बताए ।

नेपाल राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघका अध्यक्ष चिरागमान कुँवरले श्रमिकका लागि महासंघले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले श्रम ऐन, २०७४ को आधारमा सामाजिक सुरक्षा ऐन, २०७४ लाई कार्यान्वयन गर्न सचेतना कार्यक्रम आवश्यक रहेको बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *