श्रीमानभन्दा अघि उठ्नै नपाइने

श्रीमानभन्दा अघि उठ्नै नपाइने

श्रीमानभन्दा अघि उठ्नै नपाइने

जीवनमा बिहेअघि
एक्लै सुतिन्थ्यो
एक्लै मीठा–मीठा सपना देखिन्थ्यो
एक्लै सिंगो वातावरण घुमिन्थ्यो
एक्लै घुम्नुको मजा बेग्लै थियोे
जे खाए पनि एक्लै खाइन्थ्यो
एक्लै थिइयो, रिसाए पनि खुसी भए पनि
जब बिहे भयो, कस्तो श्रीमान् पाइयो
राति श्रीमान्भन्दा अघि सुत्नै नपाइने
बिहानै श्रीमान्अघि उठ्नै नपाइने
रातिको निन्द्रै गायब पारिदिने
राति सुत्दा खुट्टा बोकाउँछन्
कहिले रक्सी धोकेर आउँंछन्
आधा रातमा उठाउँछन्
जहाँ पायो त्यहाँ हात घुसार्छन्
शरीर गिजोलगाजल र
थिलथिलो पारी छाड्छन्
हुँदा–हुँदा बिहानीपख
उठ्छु भनेर खोजेको त
ए, गाँठे ! मैमाथि निदाएछन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *