
कमलेशचन्द्र गुप्ता, बहादुरगञ्ज,
श्री राम गोरखा माध्यमिक विद्यालय, बहादुरगञ्जले CTEVT सम्बन्धन प्राप्त बाली तथा पशु विज्ञान विषयमा १८ महिने डिप्लोमा कार्यक्रमका लागि नयाँ भर्ना खुला गरेको छ।
शैक्षिक सत्र २०८२/०८३ का लागि सुरु हुने उक्त कार्यक्रममा अनुभवी प्रशिक्षक, सुदृढ प्रयोगशाला, कृषि तथा पशुपन्छी फार्म, नि:शुल्क छात्रावास र पुस्तकालय जस्ता सुविधाहरू छन्।
भर्नाका लागि नागरिकता वा जन्मदर्ता, चारित्रिक प्रमाणपत्र, २ फोटो, SEE को ग्रेडसिट आवश्यक छन्। जुनसुकै ग्रेड प्राप्त विद्यार्थीले आवेदन दिन सक्ने र फारम दस्तुर रु ५०० तोकिएको विद्यालयले जनाएको छ।