श्वेताले बालुवाटारमा शुरु गरिन् हाट बजार

श्वेताले बालुवाटारमा शुरु गरिन् हाट बजार

सधैं केही न केही नया“ र सिर्जनात्मक कामको सुरुवात गरेर रमाउने अभिनेत्री तथा निर्मात्री स्वेता खड्काले नेपाली उत्पादनका सामग्रीको प्रवद्र्धनको उद्देश्यले हाट बजार शुरु गरेकी छन्।

श्वेताले बालुवाटारमा आपूmद्वारा सञ्चालित एलिमेन्टस रेस्टुरेस्टमा गत शनिबारबाट नेपाली उत्पादनललाई समेट्दै हाट बजार शुरु गरेकी हुन्। निश्चित दिनमा लाग्ने सामानको मेलालाई हाट भनिन्छ। श्वेताले सोही नामलाई लिएर हाट बजारको अवधारणा ल्याएको बताइन्। ‘प्रायः मानिस अन्य दिन व्यस्त हुने भए पनि शनिबारचाहि“ धेरैको फुर्सद हुने भएकाले परिवारका साथ घुमघाम र खानपिनको मजा लिने मौका पाउनेछन्। नेपाली लोकल प्रोडक्टहरूको प्रँेमोट गर्नूपर्छ भन्ने हिसाबले भेजिटेबलदेखि गार्मेेन्टससम्मको नेपाली अर्गँनिक उत्पादनहरूलाई समावेश गरेर हाट बजारको सुरुवात गरेका हौं’ अभिनेत्री खड्काले नेपाल समाचारपत्रस“ग कुरा गर्दै भनिन्।

गत शनिबार कुल २२ वटा स्टल रहेकोमा स्टलका लागि धेरैले उत्सुकता देखाएकाले आगामी हप्ता ४० भन्दा माथिका स्टल रहने श्वेताले जानकारी दिइन्। ‘यो म र मेरो साथीभाइले एक हप्तामा बनाएको कन्सेप्ट थियो। यो शुरु गरेपछि हजारौं मानिसको सहभागिताले नेपाली प्रोडक्टलाई कति धेरै माया गर्नुहु“दोरहेछ र पहिलेदेखि नै एकै ठाउ“मा नेपाली उत्पादन खोजिरहनु भएको रहेछ भन्ने प्रष्ट भयो उनले भनिन्। नेपाली उत्पादनप्रतिको मानिसहरुको चाखले गर्दा आफूहरूलाई उत्साहित बनाएको श्वेता बताउ“छिन्।

श्वेताको हाट बजारमा विभिन्न नेपाली तथा नेवारी खानाको परिकारका स्टलसहित बार्बिक्यू, मेटल हाउस होल्ड, ज्वेलरी, नेपाली कागजका उत्पादन, कार्पेट गार्मेन्टस, बेकरी, अचार, अर्गानिक फुड, इन्डोर प्लान्ट, लोकल च्याउ, पातले वन वाइन, टेस्टिङ सेरामिक्स सामान पेन्टिङलगायतका स्टल रहनेछन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *