संक्रामक अस्पतालमा मुख्यमन्त्री पाण्डे

संक्रामक अस्पतालमा मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षण गरेका छन् । आइतबार निरीक्षणमा पुगेका मन्त्री पाण्डेले अहिले भइरहेकोभन्दा स्तरीय र विस्तारित सेवा दिन निर्देशन दिए ।

‘सेवा थप सुधार गरेर यहाँ आउने बिरामीलाई सहुलियतमा सजिलो गरी सुविधा दिनुपर्छ,’ मुख्यमन्त्री पाण्डेले भने । संक्रामक तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका बिरामीबाट अन्य रोगका बिरामीमा संक्रमण नहोस् भन्ने उद्देश्यले उपचार सेवामा विषेश ध्यान दिन मुख्यमन्त्री पाण्डेले सुझाव दिए ।

अस्पतालमा उपचार गर्न जाने बिरामीको सजिलाका लागि ¥याम्प निर्माण भएको भए पनि लिफ्ट नहुँदा समस्या हुने गरेको अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले बताए । मुख्यमन्त्री पाण्डेले बिरामीको सुरक्षाका लागि लिफ्ट राख्न जरुरी भएको बताउँदै भने, ‘¥याम्प भएर आउजाउ गर्ने ठाउँ पनि व्यवस्थित गर्नुपर्ने रहेछ ।’

मुख्यमन्त्री पाण्डेले अस्प्तालमा रहेका बिरामीको अवस्था, उपचार गराउन आउने दर, प्रविधि र उपकरणको उपलब्धता, जनशक्तिको अवस्था, भौतिक अवस्था लागयतका बारेमा जानकारी लिएका थिए ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव बिनोदबिन्दु शर्मा, अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचन लगायतले अस्पतालको अवस्थाका बारेमा जानकारी गराएका थिए । अस्पतालले छिट्टै डायलायसिस सेवा सुरु गर्ने गरी तयारी गरिरहेको छ । उक्त अस्पतालबाट जनरल ओपिडि सेवा देखि बिरामी भर्ना, उपचार नियमित हुँदै आएको छ ।

सरुवा तथा संक्रामक रोग लागेका बिरामीलाई छुट्टै आइसोलेट गरेर अन्य बिरामीलाई छुट्टै सेवा दिने गरिएको डा. गौचनले बताए । प्रदेश सरकार मातहतको उक्त अस्पतालको अहिले नयाँ भवन निर्माणाधीन छ । निर्माणाधीन भवनको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले छिटो काम सम्पन्न गराउनुपर्नेमा जोड दिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *