संगीतमा प्रेम

संगीतमा प्रेम

लोक दोहोरी गायक प्रेम विवश घर्ती मौलिकता झल्कने, राष्ट्रिय भावले ओतप्रोत गीत गाउँछन्।

२०६२ सालमा रेडियो नेपालबाट लोक गीत विधामा स्वर परीक्षा उत्तीर्ण गरी २०६३ सालमा याद एल्बम ल्याएका घर्तीले २०६४ सालमा रेडियो नेपालको स्टुडियोमा मनमा आँधी चलायो बोलेको एकल लोक गीत रेकर्ड गर्ने अवसर पाए। त्यसपछि २०६८ सालमा लोकप्रिय गायीका विष्णु माझीसँग भयो माया भयो बोलको गीत गाएका घर्तीले त्यसबाट चर्चा कमाए। २०७१ सालमा तिज गीत एल्बम झकास र छमछमी नाच, २०७२ सालमा फुर्काएको हो की बाई र आँसु पिएर बोलका लोकदोहोरी तथा तिज गीत एल्बम झकास –२, २०७३ सालमा सार्वजनिक छोटो छाटो चोली तिज गीत, २०७४ सालमा हाम्रो नेपाल राम्रो नेपाल बोलको राष्ट्रिय भावको गीत र तिम्रो ओठैमा बोलको लोक दोहोरी गीत, २०७५ सालमा बिन्दास मान्छे लोकदोहोरी गीत, २०७६ सालमा तिज गीत खुट्टी हल्लाइदेऊ, २०७८ मा तिज गीत सरर फरर, २०७९ मा तिज गीत नास सारी सरक्क सांगीतिक बजारमा ल्याए।

गीत गाउँदै जाँदा हाम्रो नेपालमा राम्रो नेपालमाबाट दोस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड २०७५, २०७८ मा विविध भाषिक संगीत सम्मान र नास सारी सरक्क तिज गीतबाट दोस्रो विशाल लुम्बिनी लोकदोहोरी म्युजिक अवार्ड २०७९ लाई आप्mनो बनाउने अवसर पाएका छन्। लगातार संगीतमा कर्म गरे सफलता पनि हासिल गर्न सकिने उनको भनाइ छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *