संघीयता केन्द्र निर्देशित भयो, कोशीमा सहमतिको सरकारको विकल्प छैन : पूर्वमन्त्री चापागाईँ

संघीयता केन्द्र निर्देशित भयो, कोशीमा सहमतिको सरकारको विकल्प छैन : पूर्वमन्त्री चापागाईँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रदेश सांसद तथा काेशी प्रदेशका पूर्वमन्त्री दुर्गाप्रसाद चापागाईँले हालको संघीयता केन्द्र निर्देशत एवं केन्द्र शासित भएको टिप्पणी गरेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका चापागाईँले एक टिभी अन्तरवार्ता दिँदै कोशी प्रदेशको हालको राजनीतिक संकट पनि केन्द्र शासित संघीयताकै उपज भएको उनको भनाइ छ ।

‘नेपालको हालको प्रदेशहरु एउटा इकाइ जस्तो भयो । प्रदेशका पार्टीहरु वा सरकारहररू स्वयत्त निर्णय गरेर जानसक्ने अवस्थामा छैनन्,’ उनले भने ।

कोशी प्रदेशको सवालमा सुरुमा लाेकतान्त्रिक वाम गठबनधन गरेर गएको तर सो गठबनधनले सरकार निर्माणका लागि उचित जनादेश प्राप्त नभएको उनले उल्लेख गरे ।

केन्द्रको सरकार बन्ने क्रममा केन्द्रीय राजनीतिमा फेरिएको समीकरणले कोशी प्रदेशमा वाम गठबन्धनको सरकार निर्माणमा सहजता भएको पनि उनको भनाइ छ । तर पछि पुन गठबनधन केन्द्रमा सच्चिँदा कोशीको सरकार ढल्न पुगेको चापागाईँले टिप्पणी गरे ।

केन्द्रीय राजनीतिक समीकरण फेरबल हुने वित्तिकै प्रदेश सरकारमा त्यसको प्रभाव  पर्ने गरेकाे उनकाे टिप्पणाी छ । यसकाे सवालमा काेशी प्रदेशमा भने याे पटक  अरूभन्दा केही ढिला गरि प्रभाव परेकाे उनको भनाइ छ ।

उनले कोशी प्रदेशमा प्राप्त जनादेशको अंक गणितीय नतिजाकै कारण सरकार गठनको लागि संविधानले दिएको सबै प्रकारको अधिकारहरु प्रयोग गर्ने अवस्थामा आइपुग्नसक्ने अवस्थामा पुग्न सक्ने पनि आंकलन गरेका छन् । यद्यपि सरकार गठनका सम्पूर्ण धाराहहरु प्रयोग गरेर मध्यवधिमा जानुभन्दा कोशीमा सहमतिको सरकार बनाउनुपर्ने उनको तर्क छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *