काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक पनि आज बस्दैछ । संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको दिउँसो एक बजे सुरु हुनेछ ।
दुवै सदनमा आज सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०\०८१ को बजेटमाथि छलफल हुनेछ ।
गत आइतबार सुरु भएको बजेटमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो ।
सरकारले प्रस्तुत गरेको बजेटमाथि प्रतिनिधिसभा सदस्यहरूले आ–आफ्नो धारणा राख्नेछन् ।
बुधबारको बैठकमा बोल्न नपाएका सांसदले आज धारणा राख्नेछन् । प्रतिपक्षका साथै सत्तारुढ दलका सांसदले पनि बजेटको आलोचना गरिरहेका छन् ।
बजेट उपयुक्त नभएको दाबी गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सच्याउन माग गरेको छ ।
अन्य प्रतिपक्षी दलले पनि बजेट अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न नसक्ने टिप्पणी गरेका छन् ।
गत जेठ १५ गते संसद्मा प्रस्तुत भएको आगामी वर्षको बजेटमाथि सोमबारबाट दुवै सदनमा छलफल जारी रहेको छ ।