संसदको अवरोध खोल्न तीन नेता सहमत, तर प्रधानमन्त्रीले एमाले सांसदको चित्त बुझाउनुपर्ने

संसदको अवरोध खोल्न तीन नेता सहमत, तर प्रधानमन्त्रीले एमाले सांसदको चित्त बुझाउनुपर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा जवाफ दिने भएका छन् । केही दिनदिने प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरुद्ध पार्दै आएकोबारे एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेर सहमतिमा पुगेका छन् ।

बालुवाटारमा भएको तीन नेताबीचको छलफबाट संसदको अवरोध खुलाउने सहमति भएको छ । तर यसका लागि प्रधानमन्त्री प्रचण्डले आत्मालोचनासहित एमाले सांसदहरुको चित्त बुझाउने खालको जवाफ संसदबाटै दिनुपर्ने भएको छ ।

आजको छलफलमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनेबारे सहमति भएको जनाइएको छ । यसअघि एमाले सांसदहरुले प्रधानमन्त्री प्रचण्ड संसदमा उभिएर जवाफ दिनलायक समेत नभएको भन्दै राजीनामा नै दिनुपर्ने अडानसहित संसदका दुवै सदन अवरोधमा उत्रिएको थियो ।

केहीदिन अघि प्रधानमन्त्री पूचण्डले एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै आफूलाई प्रधानमन्त्री बनाउन भारतीय सरदार प्रितम सिंह धेरै पटक दौडधुपमा गएको भनी विवादास्पद अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिले देशको शिर निहुरेको र सार्वभौम संसदको अपमान भएको लगायत आरोप लगाउँदै प्रमुख प्रतिपक्षी एमाले संसद अवरोधमा उत्रिएको थियो भने सत्तारुढ दलहरुकै नेताले पनि उक्त अभिव्यक्ति गलत भएको बताएका थिए ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *