संसदको रोष्टममा उभिएर विनोद चौधरीले ‘जब राति बुढी ताती’ भनेपछि..

काठमाडौं । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले प्रतिनिधिसभामा जारी बजेटमाथिको छलफलका क्रममा बोलेको उखानप्रति एक महिला सांसदले आपत्ति जनाएकी छन् ।

सांसद चौधरीले दिएको अभिव्यक्तिप्रति एमाले सांसद दीपा शर्माले आपत्ति जनाएपछि सभामुख देवराज घिमिरेले असंसदीय शब्दहरु संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

बिहीबारको जारी प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद चौधरीले मलको समस्या समाधान गर्न सरकार तत्पर हुनुपर्ने धारणा राखे ।

सो क्रममा उनले ‘जब राति बुडी ताती’ भन्ने उखान सुनाउँदै किसानलाई जतिबेला आवश्यक पर्छ उही बेला मात्रै सरकार मलको खोजीमा लाग्ने गरेको टिप्पणी गरेका थिए ।

उनले भनेका थिए, ‘किसानको माग अनुसार मल आपूर्तीको व्यवस्था मिलाऔँ । तर अहिले किसानको आवश्यकताको २५ प्रतिशत मात्रै रसायनिक मल उपलब्ध गराउनसक्ने स्थिती छ । बजेटमा हरित अर्थतन्त्र दिगो विकासको मन्त्र भनेर नारा त दियौँ । तर त्यो नारा सफल पार्न जिम्मेवारीमा रहेका किसानलाई कहिल्यै मल सम्म दिएनौँ । धान रोप्ने बेला सुरु हुन्छ । तब सरकार रसायनिक मल खोज्न हतारिन्छ । जब पर्यो राति बुढी ताती भन्ने उखान नै छ ।

सो भनाइप्रति आपत्ती जनाउँद सांसद दीपा शर्मासहित महिला सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सांसद शर्माले नेपाली उखानहरुलाई जोडर जहिल्यै महिलाहरुप्रति आक्रमण गर्ने गरिएको जनाइन् ।

उनले भनिन्, ‘जहिल्यै पनि उखान टुक्का गर्दा महिलामाथिनै यो सदनमा बोलिनुपर्ने । कहिले देखि हामी नेपालको समाजलाई सुशासन समान खालको समाज बनाउने ? यो आपत्ति जनक शब्द छ ।’

विगतमा पनि यो प्रकारको उखान संसदमा यो प्रकारको उखान प्रयोग गरिएको भन्दै उनले संसदको रेकर्डबाट हटाउन पनि आग्रह गरेकी थिइन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top