संसद बैठक ‘बङ्क’ गर्ने सांसदको संख्या बढेपछि अब ‘ईहाजिरी’ हुने

संसद बैठक ‘बङ्क’ गर्ने सांसदको संख्या बढेपछि अब ‘ईहाजिरी’ हुने

काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रतिनिधिसभा सदस्यहरुको अब डिजिटल उपस्थिति (ईहाजिरी) सुरु हुने भएको छ ।

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा ईहाजिरी सुरु गर्ने र सभाका सदस्यरुको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्ने छलफल भएको हो ।

संसदमा सांसदहरुको उपस्थिति कमजोर भएपछि सभामुखले ईहाजिरी प्रक्रिया अघि बढाएका हुन् । सांसद तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ रहेको अवस्थामा दल तथा सांसदहरुलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि सभामुख देवराज घिमिरेले सबैको ध्यानाकर्षण गराएका छन् ।

उनले संसद सचिवालयलाई ईहाजिरीको तयारी गर्न, राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न निर्देशन पनि दिएका छन् । यस्तै, प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि सुरु हुने पनि उनले जानकारी दिएका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *