‘संसद सुचारु गराउन प्रधानमन्त्रीले नै अग्रसरता लिनुपर्ने भाे, हामीले सकेनाैँ’

‘संसद सुचारु गराउन प्रधानमन्त्रीले नै अग्रसरता लिनुपर्ने भाे, हामीले सकेनाैँ’

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अवरुद्ध संसद सूचारु गराउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले नै अग्रसरता लिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सदन अवरुद्ध भएकाले सञ्चालनका लागि उनले नै अग्रसरता लिनुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए । उनले राजनीतिक विषय भएको हुनाले समस्या समाधानका लागि सरकार र प्रतिपक्षलाई संवादमा जान पनि आफूले निर्देशन दिइरहेको दाबी गरे । संसद गतिरोधका सम्बन्धमा देखिएको समस्याको समाधान सदनभित्रबाट गर्न नसकिने पनि उनले जनाए ।

‘बैठक चलाउने अध्यक्षले मात्रै होइन । संसदका बैठकहरु संचालन गर्दाखेरी एउटा नेतृत्व गर्ने हिसावले अध्यक्ष वा सभामुखको प्रमुख भूमिका हुन्छ । त्यो स्वभाविक हो,’ उनले भने, ‘तर जुन विषय, जे कारणले अवरुद्ध हुन्छन्, विभिन्न समयमा बैठकहरु, त्यसमा खाली चियर गर्नेका कारणले मात्रै ती हुने र नहुने भन्ने हुँदैन । यसकारण अहिले जे विषय उठेर आएको छ । र, जुन कारणले गर्दाखेरी अवरुद्ध भएको छ । त्यो नितान्त राजनीतिक कारण छ । त्यसमा संसदका अरु प्राविधिक विषय भए हामीले मिलाउन हुन्थ्यो । या कुनै मन्त्रीलाई बोलाएर जवाफ दिन लगाउने वा प्रधानमन्त्रीलाई जवाफ दिन लगाउने केही कुराहरु भए संसदभित्र संसद भित्र सृजना भएका कुराहरु भए हामी ती कुरालाई अगुवाई गथ्र्यों । तर यो नितान्त यो भन्दा बाहिर, बोलिएको कुरा संसदभन्दा बाहिर बोलिएको छ । र, बोलीलाई लिएर प्रतिपक्षले राजीनामाको माग गरेको छ । अव संसदले यस्तो रुलिङ गर्न सक्दैन ।’

अध्यक्ष तिमिल्सिनाले संसदमा सरकार र राजनीतिक दलहरुलाई उत्तरदायी बनाउने आफूले प्रयास गरिरहेको बताउँदै आर्थिक विधेयकलाई पारित गराएर अघि बढ्न पनि संसद सूचारु गराउने विषयमा सरकार र दलहरु गम्भिर बन्नुपर्ने स्पष्ट पारे ।

गत असार १८ गते भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री दाहालको राजीनामा माग्दै संसद बैठक निरन्तर अवरोध गर्दै आइरहेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *