सकट चौथ पर्व आज: संकट निवारणका लागि भगवान गणेशको पूजा

सकट चौथ पर्व आज: संकट निवारणका लागि भगवान गणेशको पूजा

कौशल किशोर यादव ,

सकट चौथ पर्व हिन्दू महिलाहरूले मनाउने एक महत्वपूर्ण चाड हो। यो विशेषगरी भारतको उत्तर क्षेत्र र नेपालको तराई क्षेत्रमा मनाइन्छ। यस पर्वमा भगवान गणेश र माता पार्वतीको पूजा गरिन्छ। सकट चौथ माघ महिनाको कृष्ण पक्ष चौथी तिथिमा मनाइन्छ। यस दिन महिलाहरू आफ्ना छोराहरूको दीर्घायु र घरमा सधैँ सुख-शान्ति रहोस् भनेर निराहार व्रत बस्छन्। ‘सकट’ को अर्थ संकट हो, जसलाई हटाउने भगवान गणेश मानिन्छन्। धार्मिक विश्वास अनुसार, यस दिन व्रत बसेर भगवान गणेश र माता पार्वतीको पूजा गरे घरको सबै प्रकारका संकटहरू हट्छन् र परिवारमा खुसीको वातावरण सिर्जना हुन्छ।

सांझपख महिलाहरूले चन्द्रमालाई अर्घ्य दिएपछि मात्र आफ्नो व्रत तोड्ने परम्परा छ। भगवान गणेशलाई तिल र भेलीका लड्डु तथा गञ्जी चढाएर पूजा गरिन्छ। मान्यता छ कि यस दिन गरिएको पूजा र व्रतले जीवनभर दुःख नआउने आशीर्वाद प्राप्त हुन्छ।सकट चौथले धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्व राख्छ, जसले परिवारमा समृद्धि र शान्ति ल्याउने विश्वास गरिन्छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *