सट्टेबाजीको अभियोग लागेका कलाकार धरौटीमा रिहा

सट्टेबाजीको अभियोग लागेका कलाकार धरौटीमा रिहा

सद्मेबाजीको प्रचार गरेको अभियोगमा पक्राउ परेका मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकार पाँच हजार रुपियाँ धरौटीमा छुटेका छन्।

नेपालमा प्रतिबन्धित रहेको अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा गत जेठ ३२ गते पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न आदेश दिएसँगै जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई बुधबार रिहा गरेको हो। प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले सट्टेबाजी गराउने वेबसाइटको प्रचारमा संलग्न रहेको आरोपमा मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) र राजु पौडेल (राजु मास्टर) सहित बेगम नेपाली (भटभटे माइला), प्रयांक स्टार अलिश राई, पवन खतिवडा (म्याकुरी), सरोज घिमिरे (ढेडु बुडो), जलन घर्ती मगर र गणेश देवकोटालाई पनि पक्राउ गरेको थियो। अदालतको आदेशपछि उनीहरु धरौटी रकम बुझाएर बुधबार नै छुटेका छन्।

उनीहरुलाई विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा १ बमोजिम कसुर गरेको अभियोग लगाइएको छ। उनीहरुलाई विज्ञापन नियमन ऐनकै दफा २५ को उपदफा २ अनुसार सजाय माग गरिएको थियो। जसमा एक वर्षसम्म कैद र १० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ। सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धितालसँग चाहिँ अदालतले १० लाख रुपियाँ धरौटी मागेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *