
- प्रकाश ढकाल
गुल्मी । सत्यवती गाउपालिकाले असार १५ लाई कृषकहरुको महान पर्वको रुपमा मनाएको छ । गाउँपालिकाले उत्पादन भएको कृषी उपज बुटवलमा बस्ने सत्यवती बासिले सहजै उपयोग गर्न सकुन र कृषकको उत्पादन बस्तु सहजै बिक्री होस् भन्ने उदेश्यले बिक्री केन्द्रको शुभारम्भ समेत गरेकाे हाे ।
मानो रोपि मुरि उब्जाउने समयको रुपमा लिइएको असार पन्ध्रको अवसरमा सत्यवतीमा उत्पादित वस्तुलाई बजारिकरणको लागि गाउपालिकाले प्राथमिक्तामा राखेको जनाएकाे छ ।
बजारीकरण लुहुम्पेकी कृषी बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा संचालित ‘सत्यवतीमा उत्पादित स्थानीय कृषी उपज बिक्रि केन्द्रको’ बुटवल उपज थोक बजार, बुटवल – ६ सब्जीमण्डीमा रहेको छ ।
उद्घाटन कार्यक्रममा प्रदेश साम्सद चिन्तामणी पाण्डेय, यमु गैरे लगायतले नेपालमै केही गर्ने युवाहरुको लागि हातेमालो गरेकोमा धन्यवाद ब्यक्त गर्दै निरन्तरता र सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सांसद गैरे र पाण्डेयले सुझाव दिँदै प्रदेशको तर्फबाट आवस्यक सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । कृषकले उत्पादन गर्ने तर उचित मूल्य नपाउने समस्याको समाधान गर्नको लागि सत्यवती गाउपालिकाले यो कदम चालेको र आवश्यक सम्पुर्ण कार्यगर्ने गाउपालिका अध्यक्ष टिकाराम पान्डेयले बताए ।
अध्यक्ष पाण्डेयले उत्पादन हुने अर्गानिक तरकारी सेन्टरको रुपमा बिकास गर्दै जानेमा जोड दिए ।
सत्यवतीमा उत्पादन भएको कृषि सामाग्रीको बिक्रि नभएर फ्याँक्नु पर्न्न समस्या अन्त्य हुने कृषि शाखा प्रमुख उपकार भण्डारीले बताए ।