सद्गुरु बचत तथा ऋण सहकारीको १३ औं साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

सद्गुरु बचत तथा ऋण सहकारीको १३ औं साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

काठमाडौं । सद्गुरु बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारण सभा सम्पन्न भएको छ । शनिबार बौद्ध रामहिटीस्थित रहेको सहकारी संस्थाले १३ औँ साधारसभासँगै नयाँ कार्यसमिति पनि चयन गरेको हो ।

कार्यक्रममा अर्थतन्त्रको कठिन स्थितीमा रहेकाे बेला सहकारी संस्थाहरुले बचतकर्ताको रकम तथा कर्जा प्रवाहलाई प्रभावकारी रुपमा संचालन गर्नु पर्ने सहकारी तथा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुले जाेड दिएका छन् ।

१३ औं साधारण सभाको उद्धघाटन गदै काठमाडौै महानगरपालिका वडा नं ६ का अध्यक्ष भुवन लामाले सहकारी संस्थाहरु बचतकर्ता तथा सदस्यहरुप्रति जिम्मेवार र उत्तरदायी बन्नु पर्नेमा जोड दिएका छन् ।

अधिकांश महिला बचतककर्ता तथा निम्न आय तथा साना बचत तथा लगानीकर्ताहरुको विकासमा लक्षित सद्गुरु सहकारी संस्थाकोे थप विकास तथा प्रर्वद्धन गर्न वडा कार्यालयले आवश्यक सहयोग गर्ने वडाध्यक्ष लामाले  प्रतिवद्धता जनाएका छन् ।

त्यसैगरी काठमाडौं जिल्ला सहकारी संघकी उपाध्यक्ष सिमा पुरीले सहकारी संस्थाको भूमिका र सहकारी संस्थाले सदस्य तथा लक्षित वर्गमा निर्वाहसँगै कामलाई अनुशासित र पारदर्शी तरिकाले अघि बढाउनुपर्नेमा जोड दिइन् । सहकारी विज्ञ पुरीले सहकारी संस्था आफनो मर्म र सिद्धान्तमा रहेर संचालन हुनु पर्ने जोड दिएका छिन् ।

१३ औँ साधारण सभामा संस्थीकी सचिव कोपिला अधिकारी (चालिसे)ले संस्थाको प्रगति विवरण पेश गरेकी थिइन भने संस्थाकी काेषाध्यक्ष रञ्जु खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

त्यसैगरी कार्यक्रममा न्यूज २४ टेलिभिजनका अर्थ ब्यूरो प्रमुख पत्रकार नवराज चालिसे सहकारी संस्थाहरु आफ्ना सदस्यहरुप्रति बढी जिम्मेवार र संस्थाको आर्थिक कृयाकलापमा अनुशासित र मर्यादित भएर काम गर्न सक्नु पर्नेमा जोड दिए । यस्तै, काठमाडौ क्षेत्र नं ३ का नेपाली कांग्रेस प्रदेश समितिका सभापति श्रीराम चालिसेले सद्गुरु सहकारी संस्थाले निर्वाह गदै आएको भूमिकाको चर्चा गर्दै सहकारीले स्थानीय क्षेत्रको विकासमा अझ बढी भूमिका र जिम्मेवारी निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे ।

नयाँ कार्यसमिति चयन

१३ औं साधारण सभाले कोपिला अधिकारी चालिसेको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरेको छ । नयाँ कार्य समितिकाे उपाध्यक्षमा प्रमिला चालिसे, सचिवमा सम्झना घिमिरे चालिसे, कोषाध्यक्षमा रञ्जु खड्का निर्वाचित भएका छन् भने सदस्यहरुमा श्रीराम केसी, जिना तिमल्सेना, सीता लक्ष्मी श्रेष्ठ र लेखा समितिको संयोजकमा सुदर्शन चालिसे निर्वाचित भएका छन् ।

संस्थाको १३ औं साधारण सभाको नवनिर्वाचित कार्यसमिति र ब्यवस्थापनको बिषयमा सद्गुरु सहकारी संस्थाकी ब्यवस्थापक शुशिला कार्कीले जानकारी गराउँदै संस्थाले कठिन अवस्थामा पनि कारोवार बिस्तारसँगै मुनाफा आर्जन गर्न पनि सफल भएको जानकारी दिइन् । संस्थाले सो अवसरमा उत्कृष्ट कारोवार गर्ने सदस्य तथा नियमित एवं असल बचतकर्ता र जेष्ठ नागरिकहरुलाई सम्मान पनि गरेको थियो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *