सबैको मन पर्ने भगवान रामको ससुरा घर नेपालको जनकपुरमा छ, त्यो सम्बन्ध आज पनि कायम छ: शेरचन


कपिलवस्तु , चैत्र २१
नेपाल–भारत अवध मैत्री समाजले नेपालसँग सीमा जोडिएको कृष्णनगर नगरपालिकाको कर्मा गाउँमा होली मिलन समारोह आयोजना गरेको छ । सो अवसरमा दुवै देशका कलाकारहरुले संस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

नेपाल–भारत अवध मैत्री समाजले आयोजना गरेको होली मिलन समारोहका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मित्र राष्ट्रको सम्बन्ध विश्वासको सम्बन्ध भएको भन्दै नेपाल भारतसँग रोटी–बेटीको सम्बन्ध रहेको बताए । जुन परापूर्वकालदेखि चलिआएको छ । सबैको मन पर्ने भगवान रामको ससुरा घर नेपालको जनकपुरमा छ, त्यो सम्बन्ध आज पनि कायम छ । उनले उत्तरी छिमेकी चीनसँग त्यस्तो सम्बन्ध नरहेको बताए । नेपाल र भारतबीचको विश्वास बढाउनुपर्छ । म चाहान्छु कि आम भारतीयहरूले आपसी अन्तरक्रिया मार्फत कुनै पनि प्रकारको अविश्वास हटाओस्। उनले मुलुकमा व्याप्त गरिबी, बेरोजगारी र अशिक्षा हटाउन आवश्यक कदम चाल्नुपर्ने बताए, तब मात्र नेपालले प्रगति गर्न सक्छ ।

बिशिष्ट अतिथि तथा भारतीय महावाणिज्य दूतावास, वीरगन्जका महावाणिज्यदूत देवी सहाय मीनाले यस्ता कार्यक्रमले नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउने बताए । भारतका लागि नेपाली पुर्व राजदूत डा
दीपकुमार उपाध्यायले नेपाल–भारत सम्बन्ध शताब्दीयौंदेखि अटुट रहेको बताउनुभयो । यो वैदिक कालदेखि चलिआएको सम्बन्ध हो । यो कुनै पार्टी वा नेताले स्थापित गरेको सम्बन्ध होइन, धार्मिक, सामाजिक र सांस्कृतिक सम्बन्ध हो । दुई देशबीच केही समस्या छन्, तिनको समाधानतर्फ ध्यान दिनुपर्छ । नेपाल–भारत मित्रता इतिहासको विरासत हो । यसलाई अझ बलियो बनाउन आवश्यक छ ।

उत्तर प्रदेश विधान सभाका पूर्व सभामुख तथा इटवाका विधायक माताप्रसाद पाण्डेले नेपाल र भारतबीच रोटी–बेटीको सम्बन्ध रहेको बताउनुभयो । नेपाल र भारतका सरकारबीच मतभिन्नता हुनसक्ने तर नागरिकबीच मतभिन्नता कदापी नहुने बताउनुभयो । उनले नेपालको लोकतन्त्र पनि भारतजस्तै बलियो हुनुपर्ने बताए । उनले भने, होली अन्याय विरुद्ध उभिन सिकाउछ । सबैले आफ्नो जीवनमा यसलाई आत्मसात गर्न आवश्यक छ। सो अवसरमा डोरी तान संघ नेपालले आयोजना गरेको रेफ्री परीक्षामा पूरै नेपालमा चौथो स्थान हासिल गरेका निखिलेशकुमार मिश्रलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता पूर्वमन्त्री ईश्वरदयाल मिश्रले गरेका थिए । सो कार्यक्रममा नेपाल–भारत अवधमैत्री समाजका संरक्षक तथा पुर्व मन्त्री हृदयेश त्रिपाठी, पुर्व राजदुत दिप कुमर उपाध्याय , प्रदेश सभा सदस्य मधु शरण चौधरी , प्रदेश सभ सदस्य शुधाकर पाण्डे ,पुर्व राज सभा सदस्य दृघनारायण पाण्डे , पुर्व मन्त्री सहसराम यादव, पूर्वमन्त्री वीरेन्द्र कनोडिया,शुद्धोधन गाउँपालिका

का अध्यक्ष कमलेश शरण चौधरी , लोसपा नेता रबिदत्त मिश्र ,कुणाल प्रताप शाह, पूर्व अध्यक्ष राम नरेश उपाध्याय, मृणेन्द्र मिश्रा मशाल, कांग्रेस नेता राम प्यारे प्रसाद, ब्रह्मानन्द उपाध्याय, जावेद आलम खान,रसिद मिर्जा, जिल्लाका बिभिन्न राजनैतिक दलका प्रतिनिधी, भारतको उत्तर प्रदेश संस्कृति मन्त्रालयका प्रतिनिधी, भारतीय दुतावासका प्रतिनिधी लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको कृष्णनगर -६ का पुर्व वार्ड अध्यक्ष देवानन्द शुक्लले बताउनुभयो को थियो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top