सभापति देउवासँग अमेरिकी सहायक विदेश मन्त्री लूको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लूले शिष्टाचार भेट गरेका छन् ।

एक दिने नेपाल भम्रणका लागि आज यहाँ आइपुग्नुभएका सहायक विदेशमन्त्री लूले सभापति देउवासँग उनकै निवासमा भेटवार्ता गरेका हुन् ।

सभापति देउवाले लूसँग नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल गरेको उनको सचिवालयले जनाएको छ ।

सो अवसरमा सभापति देउवाले नेपालको शान्ति, प्रजातन्त्र र विकास प्रवर्द्धनमा अमेरिकाको अटल सहयोग रहिआएकोमा आभार व्यक्त गरे। सहायक विदेशमन्त्री लूले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्नेछन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top