समाजवादी मोर्चाको भविष्य ढुलमुलमा, पार्टी एकतामा अनिच्छुक

समाजवादी मोर्चाको भविष्य ढुलमुलमा, पार्टी एकतामा अनिच्छुक

  • सितल रिजाल

काठमाडौँ । गठबन्धन सरकारमा खटपट आउने सम्भावना देखिएपछि असार ४ गते माओवादी केन्द्रले संसद बाहिर रहेको दललाई समेत समेटेर छुट्टै समाजवादी मोर्चा घोषणा गरेको थियो । मोर्चाले सात वटै प्रदेश मुकाम केन्द्रित सन्देश सभा सम्पन्न गर्यो । पार्टी एकतासम्म नै अघि बढ्ने भनिए पनि पार्टी एकता नै गर्ने तहमा सबै दल तयार भएनन् । चार दलबीच नै पार्टी एकता सम्भव नभएपछि माओवादी मोर्चाको एक एक दलसँग एकता गर्ने रणनीतिमा छ ।

समाजवादी मोर्चा बनाएर सरकारमा बलियो उपस्थिति देखाउन चाहेको नेकपा माओवादी केन्द्र पछिल्लो समय मोर्चालाई पार्टी एकतामा बदल्ने प्रयासमा जुटेको छ । केही दिनअघि माओवादी केन्द्रको तर्फबाट जारी गरेको अन्तरपार्टी निर्देशनमा पार्टी एकताका लागि हदैसम्म लचक हुने उल्लेख गरेको थियो । जुन कुराले पनि माओवादी कुनै न कुनै पार्टीसँग एकताको प्रयासमा छ भन्ने संकेत गर्छ । समान कम्युनिस्ट विचारधारका दलहरुबीच पार्टी एकता गरेर जाने बिषयमा मोर्चामा आवद्ध ४ दल पनि सकारात्मक नै छन् । चार पार्टीलाई नै एकता गरी ठूलो पार्टीको नेता बन्ने धेय प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको छ । तर अन्य दल माओवादी नामप्रति नै असन्तुष्ट छन् । सोही असन्तुष्टिलाई बुझेर, माओवादी केन्द्रको भदौ २५ गते बसेको केन्द्रीय कार्यालयको बैठकबाट पार्टी एकताका लागि पार्टीको नाम फेर्न तयार रहेको निर्णय गर्दै तल्लो तहसम्म सर्कुलर जारी गरेको थियो ।

पार्टी एकताको पहल हुँदै गर्दा मोर्चाले गरेको सन्देशसभामै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको सन्दर्भमा दलहरु विभाजित देखिए । जसका कारण एमसीसी कार्यान्वयनको एकदिनअघि मात्रै प्रचण्ड आफैले १२ बुँदे ब्याख्यात्मक घोषणा स्वीकार नभए एमसीसी अस्वीकार गर्ने घोषणा गर्न बाध्य भए । एमसीसीका विषयमा विप्लव नेकपाले चर्को विरोध गरिरह्यो भने नेकपा एसभित्रै एमसीसीबारे फरक मत देखा पर्दै गयो । सोही कारण एमभित्रै ध्रुवीकरण बढ्दै गएको छ । एसका अधिकांश नेताहरु एमालेमै फर्किन थालेका छन् । केहिदिन अघि पार्टी अध्यक्ष माधव नेपालले नै आफूहरुलाई गठबन्धनबाट निकाल्ने प्रपञ्च भएको अभिब्यक्ति दिएका थिए ।

माअ‍ोवदीसँग एकता नजिक पुगेका समाजवादी मोर्चाका प्रस्तावक बाबुराम भट्टराईलाई नै मोर्चामा नसमेटिएपछि उनी प्रचण्डप्रति चिढिदै गए । भट्टराई प्रचण्डप्रति चिढिदै गएकाबेला आफनै चुनाव चिन्ह लिएर निर्वाचित नेसपा अध्यक्ष महिन्द्र राय यादवलाई प्रचण्डले एकताको प्रस्तावसहित पत्र पठाएका छन् । यादवलाई पठाएको पत्रले नेसपामै पराकम्प ल्याइदिएको छ । भट्टराईका सांसदलाई पार्टीमा भित्र्याएपछि बाबुरामलाई समाजवादी मोर्चाको रिङ आउट गरिदएका उपेन्द्र यादव नेतृत्वको जसपासँगको एकताको पहल गर्ने रणनीति माओवादीको छ । आगामी निर्वाचनलाई लक्षित गरी गरिएको पार्टी विस्तार गर्ने अभियानमा विप्लव नेकपालाई पनि जोड्ने चाहना प्रचण्डको छ । माओवादीले बारम्बार निकै लचकताका साथ पार्टी एकताका लागि तयार रहँदै आएको बताएपनि आजसम्म कुनै पार्टीसँग एकता गर्न सकेको छैन । जतिसक्दो छिटो पार्टी एकता गरी ठूलो पार्टीको नेतृत्व लिने र सत्ता नेतृत्वमै रहिरहने प्रचण्डको योजना सफल हुने नहुने अहिले नै भन्न सकिने अवस्था भने छैन ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *