समाजवादी मोर्चा आवश्यक नै हो कि दाउपेच मात्र ?

काठमाडौँ । समाजवादी मोर्चा बनाउन भन्दै विभिन्न दलका नेताहरुले अन्तिम टुंगो लगाउनै खोज्दा जनता समाजवादि पार्टीका अध्यक्ष उपेन्द्र यादवले छलफलकै क्रममा रहेको जिकिर गरेका छन् । मोर्चा बनाउन समहत भएर पार्टीका नेताहरु खटाएका उपेन्द्रले मोर्चाले अन्तिम रुप लिदै गर्दा यस्तो अभिव्यक्ति किन दिए त ?

उपेन्द्र यादव मधेसमा एकछत्र राज गर्ने र मोर्चाको आडमा मधेस केन्द्रित दलहरुलाई पाखा लगाउने रहरसहित सहभागी हुने तयारीमा छन् । गएको चुनावमा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित उनी तत्कालीन सत्ता गठबन्धनकै सहयोगमा निर्वाचित भएका छन् । निर्वाचित भएपछि पार्टी र संसदीय सत्ता सम्हालेका उपेन्द्र समाजवादी मोर्चामा सहभागी हुन राजी भएका बेला नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको प्रवेशले झस्किन पुगेका छन्। केहि समय बाबुरामसँग एउटै पार्टीमा राजनीति गरेका उपेन्द्र मोर्चामा बाबुरामको इन्ट्रिले संसयमा परेका छन् ।

मधेसमा सीके राउत नेतृत्वको दल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई पाखा लगाउने रणनीति अख्तियार गरेका उपेन्द्र विस्तारै मोर्चाभित्रै दबाबमा पर्ने देखेपछि केहि टेढिन पुगेका हुन् । मोर्चामा पूर्वप्रधानमन्त्रीको लर्को देखेका उपेन्द्रले आफूलाई त्यहाँ सुरक्षित महसुस गर्न नसकेको कतिपयले तर्क गर्न थालेका छन् । मोर्चाको नेतृत्व आलोपालो गर्ने आन्तरिक सहमति जुटाएको दाबी समेत गरिएको छ । तर, उपेन्द्रले मोर्चाप्रति मन भने बिगार्न पुगेका छन् । मोर्चामा सहभागी हुँदा कतै प्रचण्डले जनमतको प्रयोग आफ्नो पक्षमा त गर्दैनन भन्ने डर उनीमा देखिन्छ । अझं उपेन्द्र तीनै राजनीतिज्ञ हुन, जसले चुनावमा तत्कालीन गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गर्न पुगेका थिए । एमालेसँगको तालमेलमा पनि पराजित उनी त्यसपछि फेरि पुरानै गठबन्धनमा फर्किएका छन् ।

उपेन्द्र मोर्चामा हुन्जेलसम्म बाबुराम छाँयामा परेका थिए । बाबुराम नेतृत्वको नेसपाले माओवादी केन्द्रसँग पार्टी एकतासम्मको बाटो तय गर्नका लागि नै प्रचण्डलाई बाबुरामले आफ्नो निर्वाचन क्षेत्र छाडिदिए । तर, प्रचण्ड चुनाव जितेर आएपछि बाबुरामप्रति उदार नहुनाले उनीहरुको आन्तरिक समिक्षामै प्रचण्डले धोका दिएको आवाज उठ्यो । त्यसपछि प्रचण्डले फेरि बाबुरामलाई बालुवाटारमै बोलाएर मोर्चामा सहभागी हुन राजी गराए । बाबुराम राजी भएपछि बारा पुगेका उपेन्द्रले मोर्चा बनाउने काम छलफलकै क्रममा रहेको र अहिले नै टुंगो नलागिसकेको जिकिर गरिदिए । गहिराईमै नपुगेको दाबी गरेका उपेन्द्रकै पार्टी जसपाका जसपाका कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले राष्ट्रिय सभाका सांसद वामदेव गौतमसँग छलफल गर्न बाँकी रहेको र अरु काम सकिएको जिकिर गरेका थिए ।

पार्टीले जिम्मा दिएर खटाएका नेताको भनाईलाई काट्ने गरि उपेन्द्रको अभिव्यक्ति बाबुरामको इन्ट्रि मात्रै नभएर विभिन्न पक्षहरु रहेको बताइन्छ । मधेसमा सीके, महन्थहरुलाई पाखा लगाएर एकछत्र राज गर्ने उपेन्द्रको रणनीति सफल होला ? त्यो थाहा पाउन भने कुर्नैपर्नेछ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top