
काठमाडौं । कम्युनिष्ट पार्टीहरु एकता र ध्रुबिकरणका विषयमा जति बहस गरेपनि थाक्दैनन् । तर, एकता भइहालेपनि लामो समय टिक्नै सक्दैनन् ।
यसैको पेरिफेरिमा समाजवादी मोर्चा गठन भएपछि यसको औचित्यमाथि प्रश्न गर्न थालिएको छ । मधेस प्रदेशबाट शुरु भएको मोर्चाको सन्देश सभामा नेताहरुले संविधानमाथि मात्रै प्रश्न उठाएनन्, विद्रोहको विषय समेत उठाए ।
विद्रोहको विषय उठेको सभामा उत्पीडन र भ्रष्टाचारविरोधी कदमलाई अघि बढाने प्रण पनि गरिएको छ । तर, मोर्चाले जनतामा बाँडेका सपना पुरा गर्न चुनौति पार गर्दै निर्मम बन्ने प्रयत्न गर्ला ?
प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मुलुकमा प्रतिगमनको सपना देख्नेलाई परास्त गर्न सडक, सदन र सरकारको तीनवटै मोर्चाबाट हमला गर्न आवश्यक रहेको बताएका छन् ।
प्रचण्डले क्रान्ति गर्नुभन्दा क्रान्तिबाट प्राप्त उपलब्धिहरुलाई संरक्षण गर्नु ठूलो चुनौति रहेको भन्दै जनयुद्ध, जनआन्दोलन, मधेश विद्रोह जस्ता जनताको ठूलो बलिदान पश्चात देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको र यो परिवर्तनलाई संस्थागत गर्न नपाउँदै प्रतिक्रियावादीले पुरै तागत लगाएर ल्ट्याउने प्रयास गरिरहेको दाबी गरेका छन् ।
संविधान अपुरो भएको बताएका प्रचण्डले संविधान संशोधन गर्नुपर्ने बताएका छन् । यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सरकार जनताको चाहना, भावना अनुसार सहि नीति, सहि कार्यक्रम लिएर अगाडि बढ्नुपर्ने बताए ।
गाउँदेखि केन्द्र सरकारसम्म भ्रष्टाचार व्याप्त मौलाएको भन्दै उनले जनसेवाको भवनामा कमि हुँदा जनता शोषित भएको बताए ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विभेद, उत्पीडनबाट मधेशी जनताहरुले अझै पनि उन्मुक्ति नपाएको उनको भनाई छ ।
यता नेपाल कम्युनिस्ट पार्टीका महासिचव नेत्रविक्रम चन्द (विप्लव सि) ले मुलुकमा पुनः एक पटक विद्रोहको आवश्यकता रहेको बताए ।
उनले मुलुकमा हाबी भएका दलाल पुँजीवादहरुबाट देशलाई मुक्ति दिलाउन पुनः एक पटक जनविद्रोहको आवश्यकता रहेको बताए ।
साझा उद्देश्य लिएर छुट्टाछुट्टै विचार बोक्ने पार्टीहरुले गठन गरेको मोर्चाले मुलुकको समृद्धि र विकासलाई टेवा पु¥याउला ? प्रश्न तमाम छन् । तर, फुटभन्दा जुटमा नेपाली जनताले यसलाई सकारात्मक ठानेपनि यसको दिगोपना कस्तो हुन्छ भन्ने विषयले नै मोर्चाको औचित्यमाथि थप प्रष्ट हुनेछ ।