‘सम्बन्धनमा पोविविका उपकुलपति र रजिस्ट्रारको मनोमानी’

‘सम्बन्धनमा पोविविका उपकुलपति र रजिस्ट्रारको मनोमानी’


पोखरा । पोखरा विश्वविद्यालयमा उपकुलपति प्रा।डा।प्रेमनारायण अर्याल र रजिस्टार प्रा।डा। दीपक भण्डारीमाथि मनोमानी ढंगमा सम्बन्धन दिइरहेको आरोप लागेको छ । वैज्ञानिक अध्ययन बिना, भौगोलिक र विषयगत असन्तुलन हुने गरी सम्बन्धन दिइरहेको भन्दै विश्वविद्यालयका प्राध्यापकहरूले आपत्ति जनाएका हुन् ।

थप सम्बन्धन नदिन विश्वविद्यालयका प्राध्यापक, विद्यार्थीलगायतका सबै सरोकारवालाको सजग गराउँदै आए पनि सम्बन्धन प्रक्रिया अगाडि बढाइएपछि प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले आपत्ति जनाएको हो । विश्वविद्यालय नेतृत्वको ध्यान पाठ्यक्रम समयानुकूल बनाउने, परीक्षा प्रणालीमा सुधार गर्ने, भौतिक पूर्वाधारको विकास गर्ने, प्रविधियुक्त व्यावहारिक ज्ञानसीपको विकास गर्ने खालको शिक्षण सिकाइ अवलम्बन नगरी भित्रभित्रै सम्बन्धन प्रक्रिया अगाडि बढाउन थालेपछि संघले विरोध गरेको हो ।
संघका अध्यक्ष घनश्याम तिवारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘वर्तमान आवश्यकता र सम्बन्धन वितरणको औचित्यबारेमा स्पष्ट छलफल नगरी कुनै वैज्ञानिक आधारविना चरणचरणमा जालझेल र छलछाम गर्दै भूमिगत शैलीमा अपारदर्शी ढंगले विश्वविद्यालयजस्तो प्राज्ञिक एवं सार्वजनिक संस्थामा सम्बन्धनसम्बन्धी प्रक्रिया अगाडि बढाउनु कानुनी राज्य र लोकतान्त्रिक प्रणाली प्रतिकूल आचरण हो ।’

संघले यस्तो औचित्यविहीन प्रक्रियामा लोकतन्त्र र कानुनी राज्यजस्ता मूलभूत विषयमा विश्वास राख्ने पोखरा विश्वविद्यालयभित्रका सम्पूर्ण प्राध्यापक तथा कर्मचारीलाई सहभागी नहुन आह्वान गरेको छ। विज्ञप्तिमा उल्लेख छ, ‘विश्वविद्यालयका सरोकारवाला सम्पूर्ण विद्यार्थी, अभिभावक, कर्मचारी, प्राध्यापक र सामाजिक व्यक्तित्वमार्फत सार्थक बहस र पैरवीको अपेक्षा गर्दछौ ।’

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *