सरकारको खाता १ खर्ब ६० रुपैयाँले घाटामा, घरजग्गा कारोबार भने ह्वात्तै बढ्यो (अर्थ रफ्तार)

काठमाडौं । संघीय सरकारको सञ्चित कोषको घाटा १ खर्ब ६० अर्ब रुपैयाँ पुगको छ । महालेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तमा विभिन्न स्रोतबाट १० खर्ब ७१ अर्ब रुपैयाँ आम्दानी गरेको सरकारले सोही अवधीमा ११ खर्ब ७८ अर्ब रुपैयाँ खर्च गरेको हो ।

चालु आर्थिक वर्षको ११ महिनामा आम्दानीभन्दा खर्च बढी गरेकाले संघीय सरकारको सञ्चित कोष १ खर्ब ६ अर्ब रुपैयाँले घाटामा छ । गत वर्षको अन्त्यको ५४ अर्ब रुपैयाँ घाटा जोड्दा असार १ गते संघीय सरकारको खाता १ खर्ब ६० अर्ब २७ करोड रुपैयाँले घाटामा पुगेको छ ।

सरकारको आम्दानीभन्दा खर्च बढी हुँदा सञ्चितको कोषको घाटा बढ्दो क्रममा छ ।

राजस्व बाँडफाँटबाट प्रदेश र स्थानीय तहको अंश

चालु आर्थिक वर्षको ११ महिनामा प्रदेश सरकार र स्थानीय तहले राजस्व बाँडफाँटबाट एक खर्ब ६ अर्ब रुपैयाँ प्राप्त गरेका छन् । चालु आर्थिक वर्षको ८ खर्ब ३८ अर्ब रुपैयाँ राजस्व संकलन गर्दा राजस्व बाँडफाँटबाट प्रदेश र स्थानीय तहमा १ खर्ब ६ अर्ब रुपैयाँ गएको छ ।चालु आर्थिक वर्षको अन्तिम महिनमा राजस्व बाँडफाँटबाट १४ अर्ब रुपैयाँ हस्तानान्तरण भयो भने पनि प्रदेश र स्थानीय तहले १ खर्ब २० अर्ब रुपैयाँ भन्दा बढी पाउने सम्भावना छैन ।

चालु आर्थिक वर्षमा प्रदेश र स्थानीय तहलाई राजस्व बाँडफाँटबाट १ खर्ब ६३ अर्ब रुपैयाँ पठाउने योजना थियो । तर, लक्ष्य अनुसार सरकारले राजस्व सकंलन गर्न नसकेपछि प्रदेश र स्थानीय तहमा जाने पैसा घटेको हो ।

२० महिना ठेक्का अवधि, काम चार महिनामै पूरा

ढिलासुस्तीका कारण विकास आयोजना अलपत्र बन्ने र समयमा पूरा नहुने समस्या बढिरहेको बेलामाा २० महिनाको ठेक्का अवधि भएको म्याग्दीको एउटा आयोजना निर्माणको काम चार महिनामै पूरा भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले सञ्चालन गरेको म्याग्दीको बेनी नगरपालिका–२ को भसभसेको कटान र पहिरो नियन्त्रण योजना लक्ष्यभन्दा १६ महिना अगाडि सम्पन्न भएको हो ।

भसभसे पहिरो र म्याग्दी नदी कटान नियन्त्रणका लागि कम्पोजिट पर्खाल निर्माण गर्न हिमालयन कन्ट्रक्सनले गत फागुनमा दुई करोड ६० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । बाढीको कटान रोक्न म्याग्दी नदी किनारको जमिनभित्र चार मिटर चौडाइ र दुई दशमलव पाँच मिटर पक्की आरसिसी पर्खाल बनाएको छ ।

घाटामा दोल्ती पावर कम्पनी

दोल्ती पावर कम्पनी नोक्सानमा गएको छ । कम्पनी चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५ करोड ७३ हजार ८३५ रुपैयाँले नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ५० लाख ८३ हजार ४८१ रुपैयाँ रहेको थियो ।

यो अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेको छ । गत आवमा कम्पनीले ८ करोड ३७ लाख ४ हजार ६६२ रुपैयाँको बिद्युत बिक्री गरेकोमा चालु आवको सोही अवधिमा विद्युत बिक्रीबाट हुने आय घटेर ६ करोड ५५ लाख ३२ हजार ९३० रुपैयाँ रहेको छ ।

४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ९ करोड ७८ लाख २६ हजार ४९५ रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५१ पैसा ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ ५६ पैसा रहेको छ ।

यस पटक १ हजार मेगावाटसम्म विजुली निर्यात गर्ने

नेपाल विद्युत प्राधिकरणले यस पटक बर्षा सिजनमा दैनिक १ हजार मेगावाट विद्युत भारत निर्यात गरिने बताएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दैनिक ४०० देखि ५०० मेगावाटको विद्युत निर्यात सुरु गरिसकेको र नेपालमा माग बढी नहुने दिउँसो र रातको समयमा १ हजार मेगावाटसम्म निर्यात गरिने बताएका हुन् ।

उनले अहिले वर्षायाममा दैनिक २५ सय मेगावाट बिजुली उत्पादन हुने बताउदै भारतलाई विद्युत निर्यात गर्दा नेपालमा विद्युत कटौती नहुने प्रष्ट पारेका छन् ।

कुल क्षमता २७ सय मेगावाट रहेको भएपनि वर्षामा बाढीपहिरोको कारण २–३ सय मेगावाट विजुली बन्द हुने घिसिङले जनाएका छन् ।

घरजग्गा कारोबार एक वर्षकै सबैभन्दा धेरै

चालु आर्थिक वर्षको जेठ महिनामा घरजग्गा कारोबार सबैभन्दा बढी भएको छ । जेठमा कुल १ लाख ५६ कारोबार मध्ये लिखित पारित मात्रै ५५ हजार पुगेको हो । जेठ महिनामा कूल कारोबारमध्ये ४ हजार ७१९ वटा नामसारी भएका छन् ।

अपार्टमेन्ट कारोबार भने अघिल्ला महिनामा भन्दा घटेको छ । वैशाखमा १ लाख १८ हजार कूल कारोबार हुँदा लिखित पास ४२ हजार ४६१ मात्रै भएका छन्। नामसारी ३ हजार ३७३ वटा भएका छन् ।

यस अवधिमा अपार्टमेन्ट लिखित पास ३० वटा मात्रै भएका छन् । चालु आर्थिक वर्षको सबैभन्दा बढी चैतमा कारोबार अर्थात १ लाख ४२ हजार कूल कारोबार हुँदा लिखित पास ४९ हजार १५० भएको थियो ।

नामसारी ४ हजार ७७६ र अपार्टमेन्ट लिखित पास ३८ वटा भएका थिए। जग्गा कित्ताकाटको संख्या पनि ४७ हजार ५५९ कित्तालाई १ लाख ८ हजार वटा बनाइएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top