सरकारले चालु खर्च बढाएको भन्दै पूर्व-अर्थमन्त्री पौडेलको आपत्ति

सरकारले चालु खर्च बढाएको भन्दै पूर्व-अर्थमन्त्री पौडेलको आपत्ति

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्व–अर्थमन्त्री विष्णु पौडेलले सरकार आफैंले चालू खर्च कटौती गर्ने प्रतिबद्धता विपरीत आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै आपत्ति जनाएका छन् ।

आईतबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उपाध्यक्ष पौडेलले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च गत वर्षको तुलनामा ९७ अर्बले बढी हुनु सरकार आफैंले गरेको घोषणा विपरीत रहेको बताए । उनले सरकारले खर्च कटौती गर्ने भनेर मुखले भने पनि बजेटमा चाहिँ ढाँटेको बताए । त्यसैगरी पूँजीगत खर्च बढाउने भनेर सरकारले आगामी आर्थिक वर्षको तुलनामा ७८ अर्ब ३१ करोडले बजेट घटाएको तथ्य पनि उनले औंल्याए ।

‘बजेट वक्तव्यमा उच्च स्वरमा चालु खर्च घटाउने भनियो । चालु आर्थिक वर्षको चालु खर्चको संशोधित अनुमान १० खर्व ४४ अर्व छ । आगामी आर्थिक वर्षको चालू खर्च ११ खर्व ४१ अर्व प्रस्ताव गरिएको छ । अर्थात् चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको चालू खर्च ९७ अर्वले बढि छ,’ पौडेलले भने, ‘यसरी चालू खर्च घटाउने दावीलाई बजेट स्वयमले खण्डन गरेको छ सभामुख महोदय । भन्दा चालू खर्च घटाउने भन्ने र गर्दाखेरीमा चालू खर्च बढाएर बजेट प्रस्तुत भएको छ । त्यसैगरी चालू आर्थिक वर्षका लागि पूँजीगत खर्च ३ खर्व ८० अर्व ३८ करोड विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि ३ खर्व २ अर्व ७ करोड विनियोजन गरिएको छ । चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको पूँजीगत विनियोजन ७८ अर्व ३१ करोडले कम छ सभामुख महोदय । यसको अर्थ के हो भने चालू खर्च घटाउँछु भनेको बढाउने र पूँजीगत खर्च बढाउछु भनेर घटाउने यो बजेटको चरित्र रहेको छ, यो असंगत छ ।’

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *